२६ असार २०८३, शुक्रबार

बीवाईडीद्वारा ६० लाख न्यू इनर्जी भेहिकल उत्पादन

मंसिर १५, २०८०
काठमाडौं
बीवाईडीद्वारा ६० लाख न्यू इनर्जी भेहिकल उत्पादन

बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण पूरा गरेको छ।

न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता कम्पनीले ऐतिहासिक उदाहरण बनाउँदै ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण पूरा गरेको हो।

यो रेकर्ड विद्युतीय सवारी उद्योगको विकासमा बीवाईडीले गरेको प्रतिबद्धताको निरन्तरता भएको कम्पनीले जनाएको छ ।

null

बीवाईडीले तीन महिनामै ५० लाखदेखि ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन गरेर द्रुत गतिमा निर्माण तथा बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ।

कम्पनीले अक्टोबरमा मात्रै ३ लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हासिल गरेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्