१२ असार २०८३, शुक्रबार

स्वास्थ्यमन्त्री भन्छन् – एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ

मंसिर १५, २०८०
काठमाडौं
स्वास्थ्यमन्त्री भन्छन् – एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ
फाइल फोटो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचआईभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ ।

३६ औं विश्व एड्स दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआईभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताए ।

मन्त्री बस्नेतले सन् २०३० सम्म नेपालबाट एचआईभी उन्मूलन गर्ने लक्ष्य चुनौतीपूर्ण भएको उल्लेख गर्दै एचआईभी उन्मूलनका लागि समुदायसँग हातेमालो गर्न मन्त्रालय तयार रहेको बताए ।   
    
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छाले एचआईभी सङ्क्रमण दर घटाउन नेपालले सफलता हासिल गरे पनि अन्त्य गर्न अझै चुनौती रहेको बताए ।

उनले एचआईभी सङ्क्रमितप्रति गरिने व्यवहार परिवर्तनका लागि सबै पक्षसँग सहकार्य हुनुपर्नेमा जोड दिए।

salt training

कमेन्ट गर्नुहोस्