२७ असार २०८३, शनिबार

दशैंमा यसकारण लगाइन्छ जमरा

कात्तिक २०, २०७४
दशैंमा यसकारण लगाइन्छ जमरा
दशैंमा मान्यजनबाट टीका ग्रहण गर्दा टीका सँगै कानमा लगाइने धान, गहूँ, मकै र जौका लामा आँकुरा विजयादशमी र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् ।

घटस्थापनाको दिन जौ छरेर विजयादशमीको दिन देवीको प्रसादको रुपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो । भारतीय एवं अन्य राष्ट्रका हिन्दूहरुमा यो परम्परा पाइँदैन । वर्षदिनसम्म घरबाट टाढा भएका व्यक्तिहरु पनि मान्यजनको हातबाट आर्शीवादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् ।

पुरुषहरुले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धामिर्क आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्वित गराउँछ । यसरी धामिर्क, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।

शरद् ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र –बडादशैं)को पहिलो दिन दशैंघरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ ।

विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ ।

नवरात्रभरि भगवती दुर्गाका नौ स्वरुपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरुपको उल्लेख गर्दै बराहपुराण्ँमा भनिएको छ ।

नवदुर्गा भन्नाले शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिरात्रीलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरुमा ब्राम्ही, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्ण्ँवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।

जमाराको महत्व

यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पणगरी प्रसादस्वरुप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दसैंमा किन प्रसाद स्वरुप जौको अङ्कुर जमरा लगाइन्छ त ? के महत्व छ त जमराको ?

जौ लाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको दृष्टिले पौष्टिक पदार्थ हो भने जौलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रुप मानिन्छ । वैदिक ग्रन्थमा जौलाई रोग दूर गर्ने, यज्ञयज्ञादिमा उपयोगी, बल र प्राण्ँलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रुपमा लिइएको छ । यसैकारण्ँ होला यज्ञयज्ञादिमा जौको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराण्ँिक ग्रन्थमा जौलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिमा म जौ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धामिर्क महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।

वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौ र जौको अङकुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ ।

स्वास्थ्यका लागि लाभदायक जमारा

आधुनिक चिकित्साअनुसार विविध रोगका लागि जौ उपयुक्त रहेको आजका वैज्ञानिकहरुले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगहरुलाई ज्यादै फाइदा पु¥याउँछ ।

यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ उनीहरुको छ । यसैगरी बिरामी भएर कमजोर भएका व्यक्तिहरुलाई जौबाट निमिर्त खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ ।

अमेरिकाका भूविज्ञ डा. आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जौको अङकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्व भन्दा जौ वा यसको अङकुरमा पाइने तत्व तुलनात्मक रुपमा धेरै नै बढी छ ।

अमेरिकाका अन्य विशेषज्ञले पनि जमरालाई प्रयोगको रुपमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरुले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुलाई समेत फाइदा पु¥याएको बताएका थिए । नेपालमा पनि जमराको प्रयोगबाट लाभ लिनेहरु नभएका होइनन् । जौमा यस प्रकारका प्रशस्त गुण रहने हुनाले पनि यसको अङकुरलाई विजयादशमीको प्रसादको रुपमा प्रयोगमा ल्याइएको हुनसक्छ ।

salt training

कमेन्ट गर्नुहोस्