२८ असार २०८३, आइतबार

लता मंगेशकरले यी राजालाई गर्थिन् प्रेम

कात्तिक २०, २०७४
लता मंगेशकरले यी राजालाई गर्थिन् प्रेम

काठमाडौं, १२ असोज — भारतकी सर्वाधिक चर्चित गायिका लता मंगेशकरको जन्मदिन आज अर्थात् २८ सेप्टेम्बरमा पर्छ ।


लताले हजारौं गीत गाएकी छन् र उनका गीतहरू अहिलेसम्म श्रोतालाई मनोरञ्जन दिइरहेका छन् ।

लताले जिन्दगीभरि विवाह गरिनन् तर उनको एक प्रेमप्रसंग चाहिँ चलेको थियो । उनले आफ्नो भाइको साथीलाई प्रेम गर्थिन् ।

लताले उनीसँग विवाह गरेको भए आज महारानी कहलिन्थिन् ।

विभिन्न समाचारमा उल्लेख भएअनुसार, लता डुंगरपुर राजघरानाका महाराज राज सिंहसँग प्रेम गर्थिन् ।

लताका भाइ हृदयनाथ मंगेशकर र राज सिंह अत्यन्तै मिल्ने साथी थिए र उनीहरू एकसाथ क्रिकेट खेल्थे ।
लता संगीतका साथै क्रिकेटमा पनि रुचि राख्थिन् ।

एक दिन क्रिकेट खेलेपछि राजलाई लताको घरमा बोलाइयो ।

राजले लतासँग मित्रता गाँसे र उनलाई प्रेमपूर्वक मिट्ठु भनेर बोलाउँथे ।

उनको खल्तीमा एउटा टेप रेकर्डर हुन्थ्यो र त्यसमा लताका गीतहरू नै हुन्थे ।

सन् २००९ मा राज सिंहको मृत्यु भयो ।

राज र लता विवाह गर्न चाहन्थे तर राजको राजघरानाले सर्वसाधारणसँग विवाह गर्ने अनुमति दिएन ।

त्यसैले राजले पनि जिन्दगीभर विवाह गरेनन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्