३१ असार २०८३, बुधबार

नर्वेको अग्रता, दबाबमा इङ्गल्याण्ड

असार २८, २०८३
काठमाडौं
नर्वेको अग्रता, दबाबमा इङ्गल्याण्ड

 फिफा विश्वकप २०२६ को रोमाञ्चक क्वाटरफाइनल खेलमा नर्वेले बलियो प्रतिद्वन्द्वी इङ्गल्याण्ड विरुद्ध  १–० को अग्रता लिएको छ।

 मियामी स्टेडियममा जारी प्रतिस्पर्धामा युवा स्टार आन्द्रेअस सेल्डरुपको गोलको मद्दतले नर्वेले खेलमा अग्रता बनाएको हो।

खेलको ३६ औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डको पासमा सेल्डरुपले कडा प्रहार गर्दै बललाई नेटको जाली चुमाएका थिए।

 इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले बलको दिशा सही ढंगले अनुमान गर्न नसक्दा नर्वेले अग्रता लिने अवसर पायो। गोल हुनुअघि इङ्गल्याण्डका कप्तान ह्यारी केनलाई लडाएको भन्दै इङ्गल्याण्डका खेलाडी र प्रशिक्षक टोलीले फाउलको माग गरे पनि रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए।

खेलको सुरुवाती समयमा इङ्गल्याण्ड केही सहज देखिए पनि विस्तारै नर्वेले दबाब बढाएको थियो। रक्षापंक्तिमा जोन स्टोन्सको एउटा गम्भीर गल्तीका कारण अर्लिङ हालान्डले गोल गर्ने सुवर्ण अवसर पाएका थिए, तर पिकफोर्डले समयमै सतर्कता अपनाउँदै त्यसलाई जोगाए। नर्वेका लागि अलेक्जेन्डर सोर्लोथको अर्को प्रहार पनि पोस्टको केही माथिबाट बाहिरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्