२६ असार २०८३, शुक्रबार

अभिनेता अयुबको गुनासो– भिलेनमा पनि पत्याएनन्

मंसिर १८, २०८०
काठमाडौं
अभिनेता अयुबको गुनासो– भिलेनमा पनि पत्याएनन्

नेपाली चलचित्रका अभिनेता एवं मोडल अयुब केसीले पछिल्लो समय आफूलाई निर्माताले भिलेनमा समेत नपत्याएको गुनासो गरेका छन् । 

सोमवार सामाजिक सञ्जालमा निराशाजनक स्टाटस लेख्दै उनले १७ वर्ष कलाकारितामा लागेर उपलब्धि शून्यजस्तै भएको उल्लेख गरेका छन् ।

‘हिरो खेलाओ भनेको पनि होइन, भिलेन नै देओ न । त्यो पनि पत्याएनन्’ उनले लेखेका छन् ‘१७ वर्ष यो पेशामा लागेँ, कुनै कसर नछाडि । तर उपलब्धि शून्यजस्तो ।’ अयुब कुनै समयमा चलेका मोडल हुन् । उनले १ सयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । एक दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका उनी केही विज्ञापनहरूमा समेत देखिएका छन् । 

अहिले समय परिवर्तन भए पनि आफूभित्रको कला झन् निखारिएको अयुब बताउँछन् । सबैलाई समेटेर चलचित्र बनाउन उनले आग्रह गरेका छन् । उनले अब आफू पनि पलायन हुने उल्लेख गरेका छन् । ‘कलाकारले आत्महत्या त्यसै गरेका होइन रहेछन् । देश छोडेका त्यसै होइन रहेछन् । पीडा भएर नै होला’ उनले लेखेका छन् ‘ठिकै छ म एउटा कराएर पिना नसुक्ने होइन । आफैं कमाउनु लाग्छु अब । यत्तिका गएका छन्, म एउटा जाँदा के नै कमी होला । ५० वर्षमा कमब्याक गर्छु । आफैं बनाउँछु ।’ 

अयुबले निकै चलेका कलाकारहरूसँग पनि चलचित्रमा काम गरेका छन् । जीवन लुइँटेललगायतसँग ‘म तिम्रो भैसकेँ’, रेखा थापासँग ‘पँलास’मा उनले काम गरेका थिए ।

विगत केही वर्षयता उनी चलचित्र र म्युजिक भिडियोमा देखिएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्