२८ जेठ २०८३, बिहीबार
ग्वार्कोको जामबाट छिट्टै मुक्ति मिल्ने अपेक्षा

द्रुत गतिमा ग्वार्को फ्लाइ ओभर: यही ढंगले काम भए वैशाखबाट सञ्चालनमा [ड्रोन भिडियोसहित]

मंसिर १९, २०८०
काठमाडौं
द्रुत गतिमा ग्वार्को फ्लाइ ओभर: यही ढंगले काम भए वैशाखबाट सञ्चालनमा [ड्रोन भिडियोसहित]

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ ।

प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन गरेर धमाधम काम भइरहेको हो । कोटेश्वर-कलंकी सडक खण्डअन्तर्गत ग्वार्को चोकको जाम कम गर्न 'फ्लाइ ओभर' निर्माण गरिएको हो ।

निर्माण कम्पनी 'आशिष समानान्तर रेलिगर जेभी'ले पूर्व निर्धारित मिति यही फागुन महिनाभित्र काम सम्पन्न गर्ने दाबी गरेको छ ।

तर, समयमै सम्पन्न हुनेमा आशंका भने रहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सीडीई राकेश महर्जनले लोकान्तरसँग बताए ।

null

आगामी वैशाख वा जेठ महिनासम्ममा काम सम्पन्न हुने उनको विश्वास छ ।

'निर्धारित समय फागुन महिनामै निर्माण सम्पन्न गर्नेगरि निर्माण पक्ष लागिपरेको छ,' उनले भने, 'तर समयमै निर्माण सम्पन्न हुनेमा चुनौती छ । थप ३ महिना म्याद थप गरी वैशाख वा जेठसम्ममा पूर्णरूपमा निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने लागेको छ ।'

निर्माण कम्पनीले काम भने निकै द्रुत गतिमा गरिरहेको उनले बताए ।

'अहिले चिसो मौसममा पनि बिहान सबेरै ५ बजेदेखि शुरू गरेर राति १० बजेसम्म काम गरिरहेका छन् । कोटेश्वर र सातदोबाटो दुवैतर्फ पाइल निर्माणको काम सम्पन्न भैसकेको छ,' सीडीई महर्जनले भने।

सीडीई महर्जन

पुलमा जानका लागि चाहिने अप्रोच रोडको निर्माण कार्य शुरू गर्न चाहिने आवश्यक निर्माण सामग्री पनि आइसकेकाले दुई साताभित्र त्यो काम पनि शुरू हुने उनको विश्वास छ ।

निर्माण पक्षले मोबिलाइजेसन पेश्कीबापत भनेर १ करोड ७० लाख लिएको उनले खुलाए । कामको भौतिक प्रगति ३० प्रतिशतको हाराहारीमा रहेको उनको भनाइ छ ।

null

निर्माणको समयमा बीचको लेन बन्द भए पनि अहिले ट्राफिक प्रहरीले छेउका लेनबाट सवारीसाधन नियमित सञ्चालन गरिरहेको छ। सवारीसाधन आवागमनमा सकेसम्म कम बाधा हुने गरी निर्माणको काम भइरहेको पनि उनले बताए ।

'ठाउँ-ठाउँमा ट्राफिक साइनबोर्ड राखेर र सवारीले धनीले सडक डाइभर्सनका लागि सूचना पाऊन् भनेर ट्राफिक प्रहरीसँगको समन्वयमा एफएममा सूचना समेत दिने गरिएको छ,' उनले भने ।

हेर्नुहोस्, भिडियो [ड्रोन : प्रकाश बुढाथोकी, लोकान्तर] :

हेर्नुहोस्, तस्वीरहरू :

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्