०८ असार २०८३, सोमबार

वैज्ञानिक अनुसन्धानका लागि युवालाई प्रोत्साहित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

मंसिर २०, २०८०
काठमाडौं
वैज्ञानिक अनुसन्धानका लागि युवालाई प्रोत्साहित गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औं वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै उनले त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले रू एक अर्बको कोष स्थापना गर्ने चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ’, नास्टका कुलपतिसमेत रहनुभएका दाहालले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ ।’

विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरूले दिएको योगदानका बारेमा आफूले नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै उनले मुलुकमा यस क्षेत्रको क्षमता विकासमा तीव्रता आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्