
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’का विजेता धनगढीका आनसिंह बोहरालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरी डिश मिडिया नेटवर्कका रिजनल सेल्स म्यनेजर विपिन्द्र न्यौपानेले बोहलालाई नगद १ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
२०८० कात्तिक २० गते सोमवार भएको लक्की ड्र मार्फत धनगढीका बोहराले नगद रु एक लाख जितेका थिए ।
डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो ।
यस योजनामार्फत रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने ग्राहकलाई धन्यवाद दिँदै कम्पनीले हरेक हप्ता नगद रु एक लाख जित्न सफल भएका सम्पूर्ण विजेता बधाई दिएको छ ।
निकट भविष्यमा पनि यस्तै खालका विभिन्न योजना ल्याउने प्रतिबद्धता जनाउँदै कम्पनीले त्यस्ता कार्यक्रमबाट लाभ उठाउने आग्रह गरेको छ ।