१५ असार २०८३, सोमबार

वैदेशिक रोजगारीमा युरोप जाने बढे

मंसिर २१, २०८०
काठमाडौं
वैदेशिक रोजगारीमा युरोप जाने बढे

मध्यपूर्वका  देश  र  मलेसियामा  सीमित  नेपाली  युुवाको  वैदेशिक  रोजगारी  युरोपतिर  मोडिएको  छ  ।  गएको  एक  वर्षदेखि  नेपाली  युुवाको  रोजगारी  युरोपतिर  मोडिएको  हो  ।

  चालुु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार  चालुु  आवको  पहिलो  चार  महिनामा  दुुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।

जब  कि  गत  आव  २०७९/८०  मा  सो  अवधिमा व्रmोएसिया, माल्टा र पोल्यान्डमा साढे सात  हजार  रोजगारीका  लागि  गएका  थिए  ।  चालुु आव र गत आवको चार महिना अवधिमा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क विश्लेषण गरेर हेर्दा विदेश जाने गत वर्ष धेरै भए पनि युरोप जानेको सङ्ख्या यो वर्ष धेरै देखिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्