२० असार २०८३, शनिबार
सम्पत्ति शुद्धीकरण मुद्दा

विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

असार १५, २०८३
काठमाडौं
विष्णु पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्न सोमबार अदालतसमक्ष पेस गरेकोमा अदालतले दोस्रो पटक ३ दिनको म्याद थप गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासबाट उक्त म्याद थप गर्ने आदेश भएको प्रवक्ता पार्वती हितानले जानकारी दिइन् । 

पौडेल यही असार ८ गते सोमबार सुर्खेतबाट पक्राउ परेका थिए ।

उनलाई असार ९ गते मंगलबार अदालतमा उपस्थित गराइएको थियो । उक्त दिन अदालतले पहिलोपटक सात दिनको म्याद थप दिएको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्