३० असार २०८३, मंगलबार
एमाले अध्यक्षको टिप्पणी

अहिलेको सरकार चटकका भरमा आएको हो, त्यसरी नै जान्छ- ओली

असार २०, २०८३
काठमाडौं
अहिलेको सरकार चटकका भरमा आएको हो, त्यसरी नै जान्छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार चटकका भरमा आएको आरोप लगाएका छन् ।

उनले यो सरकार चटकका भरमा आएको र चटककै भरमा जाने समेत टिप्पणी गरे । 

शनिबार एमाले पार्टी कार्यालय च्यासलमा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ । अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ ।’

यद्यपि, त्यसो भनेर आफूहरू पर्खेर बस्न नहुने ओलीको भनाइ छ । पर्खिएर बसेको खण्डमा त्यसले देश, लोकतन्त्र र जनतालाई बर्बाद गरिसकेको हुने ओलीले बताए ।

‘तर त्यो पर्खिएर बस्यौँ भने त्यसले देश बर्बाद पारिसकेको हुन्छ । लोकतन्त्र बर्बाद गरिसक्छ । त्यसकारण परिवर्तन पर्खने चिज होइन । यो सचेत प्रयासबाट छिटो गरिने चिज हो’, ओलीले भने । 

salt training

कमेन्ट गर्नुहोस्