×

NMB BANK
NIC ASIA

धमाधम बयान लिँदै आयोग

सुन तस्करी जाँचबुझ आयोगले २२ जनासँग लियो बयान, महरालाई बोलाउने तयारी​

चिनियाँसँग बयानका लागि दोभाषे खोजिँदै

काठमाडाैं | मंसिर २१, २०८०

NTC
Premier Steels

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले विभिन्न व्यक्तिहरूसँग बयान लिइरहेको छ । आयोगले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग समेत बयान लिने तयारी गरेको छ ।

Muktinath Bank

गत असोज १५ गते गठन भएको आयोगले अहिलेसम्म २२ जनाको बयान लिएको आयोगका अध्यक्ष डिल्ली आचार्यले जानकारी दिए । ‘हामीले अहिलेसम्म २२ जना व्यक्तिहरूको बयान लिइसकेका छौं,’ आयोगका अध्यक्ष आचार्यले लोकान्तरसँग भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगका अध्यक्षका अनुसार पहिलो चरणमा सुन प्रकरणमा जोडिएका कारागार र प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको बयान लिन थालिएको हो । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समयमा आयोगले पूर्व सभामुख कृष्णबहादुरका छोरा राहुल महरालाई बयानमा बोलएपछि आयोग सक्रिय देखिएको हो ।

Vianet communication

अनुसन्धानका लागि ३ महिनाको समय अवधि पाएको आयोगसँग अब एक महिना मात्रै बाँकी छ ।

अध्यक्ष आचार्यका अनुसार आयोगले अबको एक महिनामा बाँकी रहेका काम सकेर सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

आयोगले अर्को चरणमा कारागारमा रहेका चिनियाँ नागरिकहरूको बयान लिने तयारी गरेको छ । ‘हामीले कारागारमा रहेका नेपालीहरूको बयान सकेपछि दोस्रो चरणको बयान चिनियाँ नागरिकहरूसँग लिने तयारी गरेका छौं,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने । 

उनका अनुसार चिनियाँ नागरिकहरूसँग कुराकानी गर्नका लागि दोभाषेको प्रयोग गरिनेछ । पछिल्लो समयमा नेपालीहरूले लगानी गरेर वा नेपालीको प्रत्यक्ष संलग्नतामा सुन तस्करी देखिएको छैन । 

चिनियाँ नागरिकहरूले नेपालीलाई प्रयोग गरेर सुन तस्करी हुन थालेपछि उनीहरूसँगको बयान महत्वपूर्ण हुने बुझाइ आयोगको छ । ‘पछिल्लो समयमा चिनियाँहरूको प्रत्यक्ष संलग्न देखिएको छ त्यसैले उनीहरूको बयानले निकै महत्व राख्छ,’ आचार्यले लोकान्तरसँग भने, ‘अब भाषाले अलिकति समस्या निम्त्याउँछ कि भन्ने तर हामीले दोभाषे प्रयोग गर्दा सहजै होला भन्ने छ ।’

आयोगले दक्षिणी सीमा नाकाहरूको भ्रमण गरेको छ । असोज ७ गतेपछि रसुवाको तातोपानी नाकामा निरीक्षण भ्रमण गरेको छ । त्यहाँ प्रहरी, भन्सारका अधिकारी र अध्यागमनका कर्मचारीहरूसँग छलफल गरेको छ । 

आयोगका अध्यक्ष आचार्यका अनुसार भन्सारको अनुगमन गर्दा त्यहाँ ठूलो मात्रामा विद्युतीय चुरोट (भेप) भण्डारण गरिएको पाइएको थियो । ‘हामीले त्यहाँ भएको भेपको नमूना संकलन गरेर परीक्षण गर्‍यौं । ४ वटामा गरिएको परीक्षणमा सुन भेटिएको छैन,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने ।

उनका अनुसार तातोपानी नाकामा सामान्य मेटल डिक्टेटर पनि नभएको अवस्था छ । भन्सारका कर्मचारीहरूले आँखाले हेरेको भरमा सामानहरूलाई पास गराउने गरेका छन् । त्यहाँको अवस्था हेर्दा राज्यको आभास हुने खालका कुनै पनि भौतिक संरचना र प्राविधिक चिजवस्तुहरू नभएको पाइएको अध्यक्ष आचार्यले लोकान्तरलाई बताए । 

तातोपानी नाकाको अध्यागमन विभागमा ९ जनाको दरबन्दीमा २ जनाले काम गर्ने गरेको देखिएको उनले बताए । त्यसको तुलनामा चीनतर्फ अत्याधुनिक प्रविधिको प्रयोग गरेर चेकजाँच गर्ने गरेका छन् ।

‘राज्यले भौतिक संरचनाहरू उपलब्ध नगराएर तस्करीका लागि छाडिदिएको जस्तो देखिन्छ,’ अध्यक्ष आचार्यले लोकान्तरसँग भने । उनले मलद्वारमा लुकाएर ल्याउने वा अन्य कुनै ठाउँमा लुकाएर ल्याएको सुन त्यहाँको अध्यागमन विभाग वा प्रहरी संयन्त्रले थाहा पाउनसक्ने अवस्था नभएको बताए ।

आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि अनुगमन गरेको छ ।

त्यहाँ अनुगमन गर्दा सुन लगायतका सामानहरू स्क्यान गर्नका लागि मेसिनहरू आएका तर प्रयोग नगरेर त्यत्तिकै थन्क्याएर राखेको अवस्थामा भेटिएको अध्यक्ष आचार्यले बताए । ‘भन्सारको गोदाममा स्क्यान मेसिन थियो । कहिले आएको हो, त्यो पनि एकिन तथ्याङ्क भेटिएन र प्रयोग नगरेर थन्किएको अवस्थामा थियो,’ उनले लोकान्तरसँग भने ।

कृष्णबहादुर महरा लगायतसँग बयान लिने तयारी

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा पुगेर पनि छानबिन गर्न पाउने अधिकार पाएको आयोगले सुनसँग जोडिएका आएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको छ ।

आयोगले कारागार भएका व्यक्तिहरूको बयान र चिनियाँहरूसँगको बयान सकिएपछि नाम जोडिएर आएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेको  आयोगका अध्यक्ष डिल्ली आचार्यले लोकान्तरलाई बताए । ‘हामीले विभिन्न नाम जोडिएका आएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी गरेका छौं,’ उनले भने ।

आयोगले पूर्व सभामुख कृष्णबहादुर महरा, अहिले बागमती प्रदेशका मन्त्री तिर्थ लामालगायत सञ्चार माध्यममा नाम आएका व्यक्तिहरूसँग बयान लिने तयारी  गरेको उनले बताए । 

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख महराले पटक–पटक फोनमा कुरा गरेको तथ्य बाहिरिएको थियो । सुन तस्करसँग महराको टेलिफोन संवादलाई लिएर संसदमा विपक्षी दलले चर्को आवाज उठाएका थिए । 

नेपालमा पछिल्लो समयमा सुन तस्करी बढेपछि सरकारले त्यसलाई छानबिन गर्नका लागि पूर्व न्यायाधीश डिल्ली आचार्यको अध्यक्षतामा असोज १५ गते आयोग गठन गरेको थियो ।

विशेष गरेर गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट ६०.७१६ केजी सुन भित्रिएपछि सर्वत्र विरोध भएपछि सरकारले सुन आयोग बनाएको हो । 

प्रतिपक्षमा रहेको नेकपा एमाले लगायतका दलहरूले सुनका विषयमा संसदमै विषय उठाउन गरेपछि सरकारले असोज १६ गतेबाट काम गर्ने गरी आयोग बनाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x