२८ जेठ २०८३, बिहीबार

रमेशराज र रचनाको ‘भन साइँला–२ः बिदाइ’ सार्वजनिक

मंसिर २२, २०८०
काठमाडौं
रमेशराज र रचनाको ‘भन साइँला–२ः बिदाइ’ सार्वजनिक

गायक रमेशराज भट्टराई र गायिका रचना रिमालको स्वरमा दुई वर्षअघि सार्वजनिक ‘भन साइँला’ बोलको गीतलाई स्रोता एवं दर्शकले औधी रुचाए । 

वैदेशिक रोजगारीको कथामा विरही भाकामा रमेशराजले यो गीत तयार पारेका थिए । गीतले युट्युबमा अहिलेसम्म १ करोड ३३ लाख प्लस भ्युज पाइसकेको छ । 

यो गीतको सफलतासँगै शुक्रवार बिहान रमेशराज र रचनाको स्वरमा ‘भन साइँला–२ः बिदाइ’ सार्वजनिक गरिएको छ । 

गीतमा रमेशराजकै शब्द एवं संगीत छ । ‘भन साइँला’कै कथालाई निरन्तरता दिँदै यो गीत ल्याइएको हो । भिडियोमा कलाकारहरू अभिनेता जीवन भट्टराई र अभिनेत्री लक्ष्मी बर्देवालाई प्रस्तुत गरिएको छ । यसअघि पनि उनीहरू नै प्रस्तुत थिए ।

दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । 

गायक रमेशराजको अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । 

भिडियो :
 

salt training

कमेन्ट गर्नुहोस्