०७ असार २०८३, आइतबार

स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन

मंसिर २४, २०८०
काठमाडौं
स्रोत शिक्षक पदको अन्तिम नतिजा प्रकाशन

 काठमाडौँ महानगरपालिकालेस्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन भएको विषयगत लिखित तथा प्रयोगात्मक परीक्षा र आज नै लिइएको अन्तरवार्ताको प्राप्ताङ्कका आधारमा योग्यता क्रम निर्धारण भएका उम्मेदवारलाई नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो । 

प्रयोगात्मक परीक्षामा गुणस्तर सुधार योजनाको मूल्याङ्कन, प्रस्तुतिकरण र कम्प्युटर सिपको परीक्षण गरिएको थियो । 

महानगरपालिकाले गणित विषयमा ३ पद, नेपाली, अंग्रेजी, विज्ञान र सामाजिक विषयमा २÷२ पदका लागि गएको कार्तिक १७ गते विज्ञापन गरेको थियो । 

माग गरिएका पदमा हिजो लिइएको लिखित परीक्षामा गणित विषयमा ११ जना, नेपाली विषयमा ४ जना, अंग्रेजी विषयमा ५ जना, विज्ञान विषयमा ४ जना र सामाजिक बिषयमा ८ जना आवेदक सहभागी भएका थिए । परीक्षा लिएकै दिन प्रकाशन भएको नतिजामा गणित विषयका लागि ५ जना, नेपाली विषयका लागि १ जना, अंग्रेजी, विज्ञान र सामाजिक विषयका लागि ४÷४ जना आवेदक छनोट गरिएको थियो । उनीहरुलाई बोलाएर आज अन्तरवार्ता लिइएको थियो ।  

सिफारिस योग्यता क्रम 
विषय- गणित
१)    सुशिल खनाल        
२)    रश्मी तामाङ्        
३)    कमलप्रसाद भट्ट     
बैकल्पिक योग्यता क्रम

१)    अनुपमा शर्मा         

विषय- नेपाली 
१)    खगराज जोशी        
विषय    ः अंग्रेजी
१)    नवराज ढकाल        
२)    दिनेश के. सी.        
वैकल्पिक योग्यता क्रम
१)    अञ्जु लामा        

विषय    ः सामाजिक
१)    रमेशकुमार दर्जी        
२)    नारायणप्रसाद नेपाल    
वैकल्पिक योग्यता क्रम
१)    रामकृष्ण अधिकारी        
विषय    ः विज्ञान
१)    योग्यराज प्रसाईँ        
२)    कपिलजंग पाण्डे        
बैकल्पिक योग्यता क्रम
१)    सरोज काफ्ले     

कमेन्ट गर्नुहोस्