२९ असार २०८३, सोमबार

१५ घण्टासम्म शवगृहमा राखिएका व्यक्ति जिवितै

मंसिर २५, २०८०
काठमाडौं
१५ घण्टासम्म शवगृहमा राखिएका व्यक्ति जिवितै

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका ३ का ४५ वर्षीय प्रताप सटा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो।
इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो। उनको अवस्था अहिले सामान्य रहेको छ भने आफन्त अस्पतालसाग आक्रोशित बनेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्