२९ जेठ २०८३, शुक्रबार
नक्कली शरणार्थी प्रकरण

बालकृष्ण खाणको मुद्दामा आज निर्णायक सुनुवाइ, थुनामा रहने वा धरौटीमा छुट्ने टुंगो लाग्ने

मंसिर २८, २०८०
काठमाडौं
बालकृष्ण खाणको मुद्दामा आज निर्णायक सुनुवाइ, थुनामा रहने वा धरौटीमा छुट्ने टुंगो लाग्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दाको निर्णयक सुनुवाइ आज हुँदैछ । उच्च अदालत पाटनमा हुने सुनुवाइमा एकल इजलासले मुद्दाको किनारा लगाउनेछ । 

तेस्रो न्यायाधीशको रायले खाण थुनामा रहने वा धरौटीमा छुट्ने भन्ने टुंगो लाग्नेछ ।

यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो ।

पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

उक्त इजलासले ४ जनालाई साधारण तारेख, ६ जनालाई धरौटीमा छाड्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्