
माछापुच्छ्रे बैंक लिमटेड, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम लिमिटेड (नेप्स) र सिटीटेकबीच त्रिपक्षीय सम्झौता भएको छ ।
उनीहरूबीच एकीकृत व्यापारी व्यवस्थापन प्रणाली (गेट पे) सञ्चालन गर्न सोमवार त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्याल, नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा र सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्माले हस्ताक्षर गरेका हुन् ।
नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस सञ्चालनमा आइसकेपछि भुक्तानी उपकरण र सञ्जाललाई बैंक र व्यापारीले एकीकृत रूपमा व्यवस्थापन गर्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्झौताले व्यापारीको हाल भुक्तानी उपकरण तथा संजालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ ।
यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरण तथा संजाललाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीलाई सेवा लिन र दिन सहज हुनेछ ।
यस्तै, कारोबारी र कारोबारसँग सम्बन्धित महत्त्वपूर्ण डाटाहरूको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेसन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरूले अझ परिष्कृत सेवाहरू प्रदान गर्न सहज हुनेलगायतका विशेषता गेट पे मा रहेका छन् ।