१२ असार २०८३, शुक्रबार

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला पुनः नियुक्त​

पुस ५, २०८०
काठमाडौं
माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला पुनः नियुक्त​

माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् ।

बिहीवार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि सीईओमा निरन्तरता दिने निणर्य गरेको हो ।

साढे २ दशकभन्दा लामो अनुभव बटुली सकेका कोइराला आफ्नो करिअरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा परिचित छन् ।

उनको पहिलो कार्यकालमा माछापुच्छ्रेको वित्तीय सूचकांकमा उल्लेख्य सुधार भएको जनाइएको छ ।

डिजिटल प्रविधिमा फड्को मार्नुका साथै संस्थागत सुशासनमा अब्बल साबित बनेको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्