१३ असार २०८३, शनिबार

मध्यपहाडी राजमार्ग निर्माण तीव्र, १० आधुनिक सहर बन्दै

पुस ११, २०८०
काठमाडौं
मध्यपहाडी राजमार्ग निर्माण तीव्र, १० आधुनिक सहर बन्दै

मुलुकका  मध्यपहाडी  जिल्लालाई  यातायात  सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण तीव्र गतिमा हुँदै छ । 

यसैबिच सरकारले उक्त राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको छ । यसका साथै दस वटा आधुनिक सहर पनि यही राजमार्ग अन्तर्गत स्थापना हुँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक  प्रधानमन्त्री  हुँदा  सुरु  भएको  यो  राजमार्ग  हालसम्म करिब तीन तिहाइ निर्माण भइसकेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्