
प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसले हिउँदे सत्रका लागि भर्ना खुला गरेको छ । जसअनुसार माघ १६ गतेदेखि सञ्चालन हुने चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानीज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखक अंग्रेजी भाषाहरुको नयाँ भर्नाका लागि फारम खुला गरिएको हो ।
तोकिएको मध्ये कुनै एक भाषा अध्ययनका लागि पुस १६ देखि २६ गतेसम्म आवेदन फाराम बुझाउन क्याम्पसले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
