२६ असार २०८३, शुक्रबार

‘आईएमई पे’ र एजुकेसन पार्कबीच छुट सम्झौता

पुस ११, २०८०
काठमाडौं
‘आईएमई पे’ र एजुकेसन पार्कबीच छुट सम्झौता

नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ र एजुकेशन पार्कबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट हुनेछ ।

सम्झौताअनुसार सिभिल मल काठमाडौंको आठौं तलामा रहेको एजुकेसन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् ।

यही पुस ६ गतेबाट लागू भएको यो योजना आगामी तीन महिनासम्म चल्ने छ ।

सम्झौतापछि आईईएलटीएस र पीटीईको कक्षा लिन चाहने विद्यार्थीहरूलाई अझ सहज हुने दुवै कम्पनीले  विश्वास लिएका छन् ।

योजनाको अवधि ३ महिनाको भए पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरूले आफ्नो समय अनुसारको कक्षाको छनोट गर्न सक्नेछन् ।​

आईईएलटीएस र पीटीईका दुवै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरिएको एजुकेसन पार्कले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्