२७ असार २०८३, शनिबार

केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोस’का लागि नेपालको आधिकारिक वितरक​

पुस १५, २०८०
काठमाडौं
केएल दुगड ग्रुप बन्यो ‘कोर्निटोस’का लागि नेपालको आधिकारिक वितरक​

केएल दुगड ग्रुपले ‘कोर्निटोस’ ब्राण्डका नाचोस क्रिस्प्स, डिप्स र क्रस्टीज नेपालमा आधिकारिक बिक्री वितरण शुरू गरेको छ ।

ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्य मुखी तेल, ज्ञान चामलजस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको ग्रुपले 'कोर्निटोस' का उत्पादन आधिकारिक रुपमा बिक्री वितरण थालेको हो ।

मकैबाट बनेको कोर्निटोसको स्न्याक्सहरू, ग्लुटेन–मुक्त, शून्य प्रतिशत ट्रान्स-फ्याट, कोलेस्ट्रोल–मुक्त, तथा १०० प्रतिशत शाकाहारी रहेका कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उच्च गुणस्तरको कोर्निटोस नाचोस क्रिस्प्स विभिन्न स्वादहरूमा उपलब्ध छन् ।

चीज एंड हर्ब्स, सिज्ज्लिंग जलापेनो, स्वीट चिल्ली, टिक्का मसला, पेरी पेरी, टोमाटो मेक्सिकाना ५५ ग्राम, १४० ग्राम र २०० ग्रामको सिज्ज्लिंग जलापेनो उपभोक्ता प्याकमा उपलब्ध हुनुका साथै ७० ग्रामको  उपभोक्ता प्याकमा दुई स्वादिष्ठ जलापेनो नाचोस र पेरी पेरी नाचोस उपलब्ध रहेका कम्पनीले जनाएको छ ।​

​त्यसैगरी कोर्निटोस क्रस्टिस ६ फरकफरक स्वादहरूमा उपलब्ध छन् । किङ्ग करी, चीजी गार्लिक, पेरी पेरी, दिल्ली चाट, लेमोन चिल्ली, इटालियन चीजीदगायतका स्वादहरू ५० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध रहेका छन् ।

अब ग्राहकले भाटभटेनी, बिगमार्ट, दराज एप तथा स्थानीय किराना पसलहरूमा कोर्निटोसको स्न्याक्सहरू सजिलै प्राप्त गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्