![विश्वविद्यालयका उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग राख्दै नेविसंघको सडक बहस [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/nsu_5_UysS2DTXbr.jpg)
विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने माग राख्दै सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सडक बहस कार्यक्रम आयोजना गरेको छ ।

नेविसंघले मंगलवार काठमाडौंको भृकुटीमण्डपस्थित रत्नराज्य क्याम्पसमा सडक बहस कार्यक्रम गरेको हो ।
नेविसंघको केन्द्रले खुला प्रतिस्पर्धामा जोड दिएसँगै विभिन्न क्याम्पसका विद्यार्थीले पनि सोहीअनुसार सरकारलाई दबाब दिइरहेका छन् ।

दलीय भागबण्डाका उपकुलपति र पदाधिकारी ‘झोले’ भएको आरोप लगाउँदै उनीहरूले खुला प्रतिस्पर्धाबाट छनोट हुनुपर्नेमा जोड दिएका हुन् ।

दलीय भागबण्डाका कारण विश्वविद्यालयको शैक्षिण स्तर खस्किएको भन्दै विद्यार्थीहरूले नै यस्तो माग राखेका हुन् ।
थप तस्वीरः


