
वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको सङ्ख्या व्रmमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनमा रोजगारीका लागि बिदेसिनेमध्ये ६९ प्रतिशत दक्ष रहेकामा मङ्सिरमा यो हिस्सा ७३ प्रतिशत पुगेको छ ।
गत साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष भएर जानेको सङ्ख्या ३८ हजार ७५५ रहेकामा मङ्सिरमा गएका ७१ हजार २७६ जनामध्ये ५१ हजार ३४० जना दक्ष भएर गएका छन् । विभागको तथ्याङ्कले गत साउनमा उच्च दक्ष श्रमिक ११८ जना, अर्धदक्ष चार हजार ४६४ र अदक्ष १२ हजार २८४ जना बिदेसिएका छन् । यस्तै मङ्सिरमा उच्च दक्ष श्रमिकको सङ्ख्या २११ जना, अर्धदक्ष छ हजार १२० जना, अदक्ष १३ हजार ५९७ जना रहेका छन् । गोरखापत्रमा खबर छ ।