२० असार २०८३, शनिबार

बिदेसिने दक्ष जनशक्ति निरन्तर बढ्दै

पुस १८, २०८०
काठमाडौं
बिदेसिने दक्ष जनशक्ति निरन्तर बढ्दै

वैदेशिक    रोजगारीमा    दक्ष    भएर    विदेश जाने युवाको सङ्ख्या व्रmमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनमा रोजगारीका लागि बिदेसिनेमध्ये ६९ प्रतिशत दक्ष रहेकामा मङ्सिरमा यो हिस्सा ७३ प्रतिशत पुगेको छ । 

गत साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएकामध्ये दक्ष भएर जानेको सङ्ख्या ३८ हजार ७५५ रहेकामा मङ्सिरमा गएका ७१ हजार २७६ जनामध्ये ५१ हजार ३४० जना दक्ष भएर गएका छन् ।  विभागको  तथ्याङ्कले  गत  साउनमा  उच्च  दक्ष श्रमिक ११८ जना, अर्धदक्ष चार हजार ४६४ र अदक्ष १२ हजार २८४ जना बिदेसिएका छन् । यस्तै मङ्सिरमा उच्च दक्ष श्रमिकको सङ्ख्या २११ जना, अर्धदक्ष छ हजार १२० जना, अदक्ष १३ हजार ५९७ जना रहेका छन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्