२५ असार २०८३, बिहीबार

प्रकाश सपूतको गीत ‘मुटु कटक्कै’ ट्रेन्डिङको पहिलो नम्बरमा

पुस १८, २०८०
काठमाडौं
प्रकाश सपूतको गीत ‘मुटु कटक्कै’ ट्रेन्डिङको पहिलो नम्बरमा

गायक प्रकाश सपूतको पछिल्लो गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । 

सोमबार दिउँसो रिलिज भएको गीत मंगलबार बेलुका युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको हो । गीतले बुधवार बिहानसम्म युट्युबमा १० लाख हाराहारी भ्युज पाइसकेको छ । 

यो गीतमा प्रकाशसँगै प्रताप दास र कुशल बेलबासेको स्वर छ । गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको हो । 

मायाप्रेमको कथामा रमाइलो शैलीमा ल्याइएको गीतको भिडियोमा प्रकाश स्वयंमले अभिनय गरेका छन् ।

भिडियोमा उनी ‘सकम्बरी’बाट उदाएकी मोडल कुसुम शर्मालगायतसँग देखिएका छन् । गायकहरूसँगै रोशनी कार्की, विजय पुन, प्रविन भट्ट, सुनील बिक., विशाल घिमिरे लगायतलाई समेत भिडियोमा हेर्न सकिन्छ ।

भिडियोको कथा परिकल्पना एवं निर्देशन पनि प्रकाश स्वयंले गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्