
नेपाल एसबिआई बैंकले तनहुँको दुलेगौंडामा आफ्नो ९७ औं शाखा विस्तार गरेको छ ।
शाखा विस्तारको क्रममा दुलेगौंडामा ९७ औं शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।
बैंकले अहिले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय तथा १२१ एटीएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।