मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने । सहकारी ठगीमा मुछिएका जीबी राईले काठमाडौंमा सञ्चालनमा ल्याएको ग्यालेक्सी टीभीमा रवि प्रबन्ध निर्देशक थिए, १५ प्रतिशत शेयर स्वामित्वसँगै ।
गरिब–मजदूरको पसिनाले भिजेको सहकारीको पैसा बदनियतपूर्वक ल्याएर टेलिभिजनमा लगानी गरेका विभिन्न प्रमाण छताछुल्ल हुँदा पनि रवि आफूले छाडिसकेको संस्था तथा आफूलाई थाहा नभएको कुरा भनेर पन्छिन खोजिरहेका छन् । अरूले नै नागरिकता दुरुपयोग गरेकोजस्तो आरोप लगाएर उन्मुक्ति खोजिरहेका छन् । यसरी उन्मुक्ति पाइँदो हो त ६० केजी सुन काण्डमा नागरिकता दुरुपयोग गरिएका दिलिप भुजेल थुनामा जानुपर्ने थिएन । जसको आर्थिक हैसियत एउटा ‘सेकेन्ड ह्यान्ड’ मोटरसाइकल किन्ने खालको छैन, उसैको नागरिकता दुरुपयोग गरेर कम्पनी खडा गरी सुन आयात गरियो । नागरिकता दुरुपयोग गरिएको भन्दैमा उनले उन्मुक्ति पाएनन् ।
विनालगानी कुनै कम्पनीको शेयर लिन नपाइने प्रावधानविपरीत आफ्नो ‘गुडविल’को आधारमा शेयर लिएको भनेर रविले दिनदहाडै ढाँटिरहेका छन् ।
आवाजविहीन नागरिकलाई न्याय दिन सञ्चालन गरिएको उनको कार्यक्रम वास्तवमा तीनै भोकानाङ्गा जनताको पैसा दुरुपयोग गरेर खोलिएको संस्थाबाट प्रशारण हुने गरेको कुरा अहिले आएर पटाक्षेप भएको छ ।
रवि स्वयंले स्वीकार गरेका छन्, टेलिभिजन कार्यक्रम सञ्चालनका दौरान उनी बहकिएका थिए । एकप्रकारले उनी मिडियाको स्टुडियोमा बसेर न्यायाधीश बनेका थिए, यो बेग्लै विषय भयो । राजनीतिक दलसँग आजित जनताले रविको कुरा पत्याए । भोट खसालेरै अनुमोदन गरिदिए । तर, पत्रकारिताका आधारभूत सिद्धान्तलाई उनले तिलाञ्जली दिएका थिए, जसरी अहिले उनले कानून थाहा थिएन भनेर उन्मुक्ति पाउन कोशिश गरिरहेका छन् ।
‘अरूको आङको जुम्रा देख्ने’ रवि आफ्ना कानूनी कमजोरीलाई ‘थाहा थिएन’ भन्दै पानीमाथिको ओभानो बन्न कोशिश गरिरहेका छन् । लोकप्रियताको आडमा अहिले उन्मुक्ति पाए पनि कुनै दिन उनी जवाफदेही बन्नुपर्नेछ । सहकारीको नाममा उठिबास भएका जनताले यो प्रश्न गर्ने नै छन् ।
‘कानूनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने विश्वव्यापी मान्यता हो । यदि क्षम्य हुन्थ्यो भने जाजरकोट नलगाड नगरपालिका– ९ की ओमकुमारी थापा पक्राउ पर्ने थिइनन् । गाँजा बोकेको आरोपमा ६७ वर्षकी थापा गत वर्ष पक्राउ पर्दा धेरैको ध्यान आकर्षित भएको थियो । बरु रुकुम–जाजरकोटका ओमकुमारीहरूले भन्न सुहाउँछ– हामीलाई कानून थाहा थिएन, तर रविले यसो भन्दा कसैले पत्याउँदैनन् ।
हराएको टाइटानिक र हराएको रविको नैतिकता
सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा रास्वपा सभापति लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको पाठ पढाए । यतिसम्म कि समुद्रमा हराएको टाइटानिक जहाज भेटिएला, तर समकालीन नेताहरूमा नैतिकता भेटाउन सकिन्न भन्न समेत भ्याए ।
‘गोली कहिले चल्यो भन्ने कुरामा तपाईंहरू स्पष्ट हुनुहुन्न अहिलेसम्म । पहिला गोली चलेर पछि मन्त्रीको गाडी जलेको छ । नैतिकताको कुरा धर्मसंकट भयो । भुसको थुप्रोमुनि हराएको सियो भेटिएला, समुद्रमा हराएको टाइटानिक भेटिएला, तर तपाईंहरूमा नैतिकता खोज्ने दुस्साहस म गर्दिनँ, त्यो भेटिँदैन,’ बालकुमारीमा २ युवा मारिएको विषयमा छलफल गर्न आयोजित बैठकमा रविले भनेका थिए ।
गृहमन्त्रीमाथि नैतिकताको प्रश्न उठाइरहेको समयमा सबैभन्दा बढी प्रश्न लामिछानेमाथि नै उठेको छ । उनै प्रस्तोता रहने गरी ‘द लिडर’ टेलिभिजन कार्यक्रमका नाममा उठाइएको पैसा सम्बन्धमा जवाफदेहिताको प्रश्न अहिलेसम्म पनि उठिरहेको छ ।
निष्क्रिय भइसकेको नागरिकताको प्रयोगमार्फत जालसाजीपूर्ण ढंगले उम्मेदवारी मनोनयन गराएर उपप्रधानमन्त्रीसहितको सांसद पद नै गएको अनैतिक कुरा रविले बिर्सिन खोजे पनि मानिसहरूले बिर्सेका छैनन् । एउटा व्यक्तिले एउटै समयमा दुई देशको राहदानी बोक्ने कुरा अपराध थियो, जुन काम रविले नै गरेका थिए । ‘पुराना राजनीतिक दल’का नेतालाई आदर्श र नैतिकताको पाठ सिकाउने रवि आफूचाहिँ नैतिकताको कसीमा उभिनु पर्दैन ?
अन्य दलका नेताले त्यसरी निष्क्रिय नागरिकताको भरमा उम्मेदवारी दिएर चुनाव जितेको र पुनः निर्वाचनका लागि राज्यकोषको करोडौं रुपैयाँ खर्च भएको भए त्यो बेला रविको प्रश्न के हुन्थ्यो होला ? त्यो कुरामा रविले आफूलाई अरूको ठाउँमा राखेर हेर्न सकेका छैनन् । मन्त्री बनाउनका लागि पार्टीभित्र करोडौं रुपैयाँको लेनदेनको अडियो पनि बाहिर आएको हो । आरोपित ढाकाकुमार श्रेष्ठले कोर टीमले पैसा उठाउन भनेको बयान दिएका थिए, के त्यो कुराको सही निरुपण भयो ?
संसदीय समितिमा आफूमाथि प्रश्न गरेपछि गृहमन्त्री श्रेष्ठले जवाफमा पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना नगर्न आग्रह गरेका थिए ।
‘मलाई कुनै कुरा पर्छ कि क्या हो ? त्योभन्दा अगाडि नै केही कुरा भनिदिहालौं । मलाई यसकारण गरेको हो भनिदिहालौं भन्ने पो लाग्छ कि मान्छेहरूलाई ? आफूले पहिला गरेको गल्तीमा कुनै कारणले छुट पायो भन्दैमा पछाडि पनि त्यस्तै हुन्छ भनेर कल्पना गर्नुभएन । त्यस्तो त हुन्न । दोष छ भने सबैलाई कानूनको दायरामा ल्याइन्छ, तर त्यो प्रतिशोधशून्य हुन्छ । प्रतिशोधको कुरा हुनै सक्दैन । केही गर्ला कि भनेर पहिल्यै खुट्टा उचाल्दैमा केही हुँदैन, खुट्टा उचाले पनि समाइन्छ,’ गृहमन्त्री श्रेष्ठले समितिमा भनेका थिए ।
आफू नैतिक बनेपछि मात्र अरूलाई नैतिकताको पाठ सिकाउन सकिन्छ । अरूलाई आरोपित गरेर होइन, आफूमाथि लागेका आरोपको तथ्यपूर्ण खण्डन गरेर मात्र रविले अरूलाई नैतिकताको पाठ पढाउन सुहाउँछ । ‘मिसन २०८४’को नारा लिएर हिँडेका रविले यस्ता कयौँ प्रश्नको जवाफ दिनु नै पर्नेछ ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...