×

NMB BANK
NIC ASIA

सिरियलका चर्चित पात्र

‘काकु’ले मेरा अरु परिचय छोपिदियो

काठमाडाैं | पुस २१, २०८०

NTC
Premier Steels

दीपक आचार्य भनेर सोध्यो भने कतिपयलाई अन्यौल हुन सक्छ । ‘काकु’ भनेपछि उनलाई नचिन्ने भने कमै होलान् । चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनि’का चर्चित पात्र हुन् ‘काकु’ । यो पात्रको लोकप्रियताले दीपकका अन्य परिचयलाई भने छोपिदिएको छ ।

Muktinath Bank

जस्तो कि, उनी ‘सक्किगोनि’का श्रृङ्खला निर्देशकसमेत हुन् । चलचित्रमा समेत अभिनय गरेका दीपकले विभिन्न जनचेतनामूलक भिडियोहरू लेखन एवं निर्देशन गर्दै आएका छन् । म्युजिक भिडियो निर्देशकका रूपमा त उनको अलग्गै पहिचान छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई दशकअघिदेखि निर्देशनमा होमिएका उनले दर्जनौं म्युजिक भिडियो निर्देशन गरेका छन् । 


Advertisment
Nabil box
Kumari

उनलाई भिडियो निर्देशकका रूपमा पहिलोपटक चिनाउने काम भने प्रमोद खरेलको गीत ‘चल बतास चल’ले गरेको थियो । आशिष सचिनको सुपरहिट गीत ‘एक कान दुई कान मैदान’को भिडियो पनि दीपककै निर्देशनमा तयार भएको हो । 

Vianet communication

यो भिडियोलाई झण्डै ५ करोडले हेरेका छन् । ३ वर्षअगाडि रमेश प्रसाइँको स्वरमा सार्वजनिक ‘रिङ्की बुङको राँगोलाई’ गीतको भिडियो दीपककै निर्देशनमा बनेको हो । 

एक समय जनजिब्रोमा झुण्डिएको तर पछिल्लो पुस्ताले बिर्सिएको गीतलाई फेरि ल्याइएको थियो । गीत हिट भएसँगै यसको दोस्रो भागसमेत सार्वजनिक भइसकेको छ । 

प्रमोद खरेलको ‘झुमा झुमा’, बसन्त सापकोटाको ‘पोखरेली झापाली’लगायत उनले निर्देशन गरेका​अरु पनि थुप्रै म्युजिक भिडियोहरू चर्चित छन् । उनी कथा बोकेका भिडियो निर्देशनमा समेत रुचाइएका निर्देशकमा पर्छन् ।

null

यद्यपि, आफ्ना अनेक परिचयलाई ‘काकु’को लोकप्रियताले छोपेको दीपक स्वयंम स्वीकार्छन् । भन्छन् – ‘म भद्रगोलबाट काकु पात्रका रूपमा देखिन थालेका हुँ । त्यसअघि मैले धेरै काम गरे पनि मलाई दर्शकमाझ चिरपरिचित बनाएको यही क्यारेक्टरले हो । मेरा अरु परिचयलाई यसले छोपिदिएको छ ।’ 

‘भद्रगोल’मा रहँदा जन्मिएको ‘काकु’ पात्रलाई ‘सक्किगोनि’मा निरन्तरता दिइएको छ । त्यसअघि दीपकले ‘हिजो आजका कुरा’, ‘मेरी बास्सै’लगायत सिरियलमा काम गरिसकेका थिए । ‘काकु’ पात्र अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’लगायत टिमसँग धेरै छलफलपश्चात जन्मिएको दीपक बताउँछन् । पात्रमार्फत् चिनिन पाउँदा खुसी व्यक्त गर्ने उनी  ‘भद्रगोल’ र हालको ‘सक्किगोनि’ टिमलाई धन्यवाद दिन्छन् ।

आफूहरू टिममा छलफल गरेर काम गर्दै आएको उनले बताए । टिमवर्कका कारण नै ‘सक्किगोनि’ सिरियल दर्शकमाझ प्रिय बनेको उनको बुझाइ छ । सिरियलमा दीपक आफ्नो वास्तविक उमेरभन्दा पाको उमेरको भूमिकामा देखिँदै आएका छन् । 

‘काकु’ गाउँको एउटा चल्तापुर्जा पात्र हो । गाउँलेले गन्ने मान्ने पात्र हो । कथाअनुसार उसको पात्रले एकातर्फ गाउँको फटाहा ‘पाँडे’को फट्याइँ रोक्नु परिरहेको देखिन्छ । अर्कोतर्फ, ‘जिग्री’जस्तो गाउँको बेकामे पात्रले छोरी उठाइदेला कि भन्ने चिन्ता पनि छ । हालसालै पात्रको गेटअपमा भेटिएका उनले ‘काकु’ बन्दा कहिलेकाहीँ आफूलाई चौकीदार जस्तो महसुस हुने गरेको सुनाए । 

पात्रको ड्रेस लगाइसकेपछि सोही पात्रकै महसुस हुनुपर्ने उनी बताउँछन् । उनले आफ्नो मात्र नभइ सिरियलका अधिकांश पात्र समाज भित्रकै प्रतिनिधि पात्र भएको बताए । ‘यी हाम्रो समाजकै पात्र हुन्’ उनले भने, ‘हरेक समाजमा फटाहा पनि हुनसक्छन् । त्यहाँ जिग्रीजस्ता प्रतिनिधि पात्र पनि हुनसक्छन् । सिरियल हेर्दा दर्शकहरूले पनि आफ्नो गाउँ–ठाउँका कुनै न कुनै पात्रहरूसँग रिलेट गर्नुहुन्छ जस्तो लाग्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x