देशको राजधानी काठमाडौं उपत्यका जोड्ने ‘लाइफलाइन’ राजमार्गको अवस्था नरकजस्तो बनेको छ ।
धादिङको नौबिसेदेखि काठमाडौंको नागढुंगासम्मको सडक यात्रु र स्थानीयका लागि नरकजस्तो बनेको छ ।

नागढुंगा–मुग्लिन सडक खण्ड विस्तारका क्रममा खनिएको माटोका कारण सडक धुलाम्मे बनेको हो । मर्मतको काममा भएको ढिलाइले यो सडक खण्डमा यात्रा गर्नेहरू धुलोले निस्सासिने गरेको भुक्तभोगीहरू बताउँछन् ।
खासगरी मोटरसाइकलमा यात्रा गर्नेहरूले सास्ती व्यहोर्नुपरेको छ । ‘यहाँबाट काठमाडौं पुग्दा आफैंलालाई चिन्न नसक्ने गरी धुलाम्मे हुन्छ, धूलोले धेरै समस्या दिएको छ,’ नौबिसेमा भेटिएका एक मोटरसाइकल चालकले भने ।

धूलोका कारण राजमार्ग आसपासका क्षेत्रमा सर्वसाधारणले पनि सास्ती खेपेका छन् ।
नागढुंगा पात्लेवनकी एक स्थानीय महिलाले घरका कुना–कुना र ओछ्यानसम्म धूलो पुगेका कारण बिरामी पर्ने गरेको बताइन् ।

नागढुंगा–नौबिसेखण्डको १२ दशमलव २६ किमी विस्तारका लागि एम/एस जियाङ्सु–सगुन जेभीले जिम्मा पाएको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७९ पुसमा ठेक्का सम्झौता भएको आयोजनाको कार्य प्रगति निराशाजनक छ ।

२०८२ पुसमा सम्पन्न गर्नुपर्ने सडकको प्रगति निराशाजनक रहेको सरकारी अधिकारीहरू बताउँछन् ।
सडक निर्माणमा भइरहेको ढिलाइले राजधानी काठमाडौं छिर्ने देशभरका सर्वसाधारणले कष्ट र हैरानी व्योहोरिरहेका छन् ।
हेर्नुहोस्, भिडियो :
