३२ असार २०८३, बिहीबार

भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण पुष्टि

पुस २३, २०८०
कञ्चनपुर
भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण पुष्टि
फाइल फोटो

भारतका विभिन्न शहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । 

हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । ‘भारतबाट आउनेहरूमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौं’, उनले भने, 'अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।'

हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न सुझाव दिइएको छ ।​

गौरीफन्टा नाका भएर भारतका विभिन्न स्थानबाट दैनिक सयौं नेपाली घर फर्किरहेका छन् । कोरोनाको ‘भेरिएन्ट’ यकिनका लागि नमूना सङ्कलन गरेर काठमाडौं पठाइएको प्रमुख साउदले बताए । 'भेरिएन्ट एकिन गर्न नौ जनाको नमूना काठमाडौँ पठाएका छौं’, उनले भने, 'दुई साता भइसक्यो, त्यसको ‘रिपोर्ट’ आएको छैन ।'

कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गरेर घर फर्किँदै गरेका नेपालीमा भने हालसम्म कोरोना सङ्क्रमण पुष्टि नभएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्