११ साउन २०८३, सोमबार

तिलाका स्वास्थ्य संस्थामा औषधि आपूर्ति हुन थाल्यो

पुस २३, २०८०
जुम्ला
तिलाका स्वास्थ्य संस्थामा औषधि आपूर्ति हुन थाल्यो

जुम्लाको तिला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा औषधि पठाउन सुरु गरिएको छ । 

करिब रु आठ लाख बराबरका औषधि खरिद गरी अभाव रहेका स्वास्थ्य संस्थामा पठाइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतले जानकारी दिए। गाउँपालिका अध्यक्ष, उपाध्यक्षको सहभागितामा अभाव रहेका स्वास्थ्य चौकीमा आज औषधि वितरण गरिएको हो ।

प्रमुख रावतले भने, “यहाँका १३ वटै स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनका लागि थप औषधि खरिद प्रक्रिया अगाडि बढेको छ ।” पालिकाले चालु आवमा स्वास्थ्य शाखालाई रु आठ लाख बजेटविनियोजित गरेको छ । शाखामा बजेट कम भएपछि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधि माग गरी स्वास्थ्य संस्थामा पठाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको रु २१ लाख बजेटमार्फत औषधि बोलपत्र प्रक्रियाबाट खरिद गरिने गाउँपालिकाले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्