१३ असार २०८३, शनिबार

इपिएसको परीक्षा तीन चरणमा हुने

पुस २५, २०८०
काठमाडौं
इपिएसको परीक्षा तीन चरणमा हुने

रोजगार अनुमति प्रणाली (इपिएस) उत्पादनतर्फको भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनतर्फ २०२४ को रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । वैदेशिक रोजगार विभाग र दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) बिचको बैठकले सोमबार भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो ।

इपिएस शाखाका अनुसार आउँदो माघ ६ देखि भाषा परीक्षा सुुरु हुने र परीक्षा तीन चरणमा हुने छ । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जना भाषा परीक्षामा सहभागी हुन पाउने जानकारी दिए । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ देखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुने छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्