कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
सङ्घीय सरकारले आर्थिक वर्ष २०७७ /०७८ मा बागलुङका आठ पालिकालाई आधारभूत अस्पताल निर्माणका लागि छनोट गरेको थियो । जिल्लामा १० पालिका रहे पनि काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाबाहेक अन्य स्थानीय तह अस्पताल निर्माणका लागि छनोट भए । अहिले केही पालिकाले स्वास्थ्यचौकीलाई स्तरोन्नतिगरी पालिकास्तरीय आधारभूत अस्पतालको सेवा प्रवाह गरिरहेका छन् भने केही पालिकामा अस्पताल निर्माणाधीन छन् । कतिपय पालिकाले अहिलेसम्म कहाँ अस्पताल बनाउने भन्ने टुङ्गोसमेत लगाउन सकेका छैनन् । हाल जिल्लाको गलकोट नगरपालिका र तमाखोला गाउँपालिकाले सेवा सुरु गरिरहेका छन् ।
गलकोटले हरिचौर स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी नगर अस्पतालबाट हुने सेवा प्रवाह गरेको छ भने तमानखोलाले बोङ्गादोभान स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सेवा सुरु गरेको हो । गलकोटले गत वर्ष पुस १७ गतेदेखि १५ श्ययाको नगर अस्पताल सुरु गरेको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए । नगर अस्पताल निर्माणका लागि सङ्घीय सरकारले १८ करोड विनियोजन गरेको उनको भनाइ छ । उनले भवन निर्माणका लागि हाल सञ्चालन रहेको अस्पताल छेउमा जग्गा व्यवस्थापन भइरहेको जानकारी दिए ।
हाल अस्पतालमा एक विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, छ जना नर्सिङ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेको उनको भनाइ छ । अस्पताललाई थप व्यवस्थापन गर्नका लागि थप भवन आवश्यक रहेको प्रवक्ता भण्डारीले बताए। जग्गा खरिदका लागि अहिले आर्थिक सङ्कलन भइरहेको उनले जानकारी दिए।
प्रवक्ता भण्डारीले भने, 'पोहोर साल कार्यपालिकाले निर्णय गरेर नगर अस्पताल सञ्चालन गरेका छौँ, एक जना विशेषज्ञ डाक्टर पनि हुनुहुन्छ, मेडिकल अधिकृत पनि हुनुहुन्छ, अहिले यहाँको स्वास्थ्य सेवामा ठूलो परिवर्तन आएको छ, स्वास्थ्यचौकीको भवनबाट सेवा दिइ राखेका छौँ, अब छिट्ट जग्गा व्यवस्थापन हुनेछ, जग्गा व्यवस्थापन भयो भने नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढाउँछौँ, नगर यहाँ सेवा सुरु भएदेखि पोखरा, काठमाडौँ र बागलुङ जान परेको छैन ।'
तमानखोलाले पनि बोङ्गादोभान स्वास्थ्यचौकीबाट आधारभूत अस्पतालको सेवा सुरु गरेको छ । यस पालिकामा पाँच श्ययाको आधारभूत अस्पताल बन्ने छ । जसका लागि सङ्घीय सरकारले ११ करोड विनियोजन गरेको छ । गाउँपालिकाले यही पुस ३ गतेदेखि आधारभूत अस्पालको सेवा सुरु गरेको स्वास्थ्य शाखा संयोजक तिलक छन्त्यालले बताए । गाउँपालिकाले एक जना मेडिकल अधिकृत, एक जना स्वास्थ्य सहायक, दुई जना अहेव, तीन जना अनमी, एक जना ल्याब असिस्टेन्टको व्यवस्थापन गरी सेवा प्रवाह गरेको उनको भनाइ छ ।
'स्वास्थ्य मन्त्रालयले पठाएको नमूना दरबन्दीअनुसार जनशक्ति नहुँदा गाउँपालिकाले एक जना मेडिकल अधिकृतसहित एक जना अनमी र एक जना कार्यालय सहयोगी थप गरी स्वास्थ्यचौकीमा मौजुदा रहेका कर्मचारीबाट आधारभूत अस्पताल तहको सेवा प्रवाह गर्न थालेका छौँ,' संयोजक छन्त्यालले भने, 'अस्पताल बनाउन जग्गा प्राप्त भएको छ, तर विभिन्न प्रक्रिया नपुग्दा निर्माण हुन सकेको छैन, अब केही समयमै भवन बनाउने छौँ ।'
बागलुङ नगरपालिकाले वडा नम्बर १३ स्थित पैयुँपाटा स्वास्थ्यचौकीबाट नगर अस्पतालको सेवा प्रवाह गर्दै आएको छ । पन्ध्र श्ययाको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको भन्दै दुई वर्ष अगाडिदेखि यहाँ नगरपालिकास्तरीय अस्पतालको स्वास्थ्य सेवा दिइएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । अस्पताल निर्माणका लागि सङ्घीय सरकारले १८ करोड विनियोजन गरेको उनको भनाइ छ । अस्पतालमा एक जना एमबिजिपी, तीन जना मेडिकल अधिकृत, चार जना स्वास्थ्य सहायकलगायतका जनशक्ति रहने प्रावधान रहे पनि अहिले कार्यरत एक जना मेडिकल अधिकृत, एक जना जनस्वास्थ्य निरीक्षक, एक जना स्वास्थ्य सहायक, एक जना स्टाफ नर्स, एक जना सिनियर अनमी, अनमी र एक जना ल्याब असिस्टेन्ट कार्यरत रहेको खनालले बताए ।
ढोरपाटन –९ पाखाथर उपत्यकामा १५ श्ययाको अस्पताल बन्न थालेको १५ महिना भए पनि यस अवधिमा ४० प्रतिशत काम भएको छ । समयमै भुक्तानी नहुँदा हाल काम रोकिएको छ । विसं २०८२ असार २३ सम्ममा सकी सक्नुपर्ने अस्पतालको भवन करिब आधा सकिँदा पनि कामअनुसारको भुक्तानी नभएको निर्माण कम्पनी एसी कन्ट्रक्सनका प्रमुख दीपक अदैले बताए । अस्पातलको भवन निर्माणका लागि रु १२ करोड ९६ लाखमा जिम्मा उनको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेश्की रकम दुई करोड ४६ लाख मात्रै आएको उनले बताए । तीन महिना अगाडि रु छ करोड ६१ लाखको बिल नगरपालिकामा पठाए पनि हालसम्म भुक्तानी नभएको अदैको भनाइ छ ।
निसीखोला गाउँपालिका–४ झिम्पामा दुई वर्ष अगाडि सुरु भएको १० श्ययाको पालिकास्तरीय आधारभूत अस्पतालको काम हालसम्म ८५ प्रतिशत काम सकिएको छ । यही पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण भए पनि बजेट अभावका कारण काम हुन सकेको छैन । गाउँपालिकाले रु १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनले रु आठ करोड २४ लाखमा निर्माण गर्ने गरी जिम्मा लिएर काम गरेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । सङ्घीय सरकारले बजेट पठाए काम सुरु हुने जनाइएको छ ।
बडिगाड गाउँपालिका–५ को रिखेटारीमा १५ श्ययाको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । केन्द्र सरकारले विनियोजन गरेको रु २४ करोड विनियोजन गरेको बजेटले काम भएको उहाँको भनाइ छ । अस्पतालको काम ९० प्रतिशत सकिएको भण्डारी बताउँछन्। हाल सात वटा स्वास्थ्यचौकी र चार वटा आधारभूत स्वास्थ्य केन्द्रबाट बडिगाडका नागरिकले स्वास्थ्य सेवा लिएको उनी बताउँछन् ।
जिल्लाको ताराखोला गाउँपालिकामा तीन वर्ष अगाडिनै पालिकास्तरीय पाँच श्ययाको अस्पताल निर्माण गर्ने भनिए पनि अहिलेसम्म जग्गा व्यवस्थापन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । जग्गा व्यवस्थापनको प्रक्रियामा रहेको जनाउँदै मापदण्डअनुसारको पाइए कामलाई अगाडि बढाउने उनको भनाइ छ ।
दक्षिण बागलुङको बरेङ गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा निःशुल्क प्राप्त गरेको तर मापदण्डअनुसार नभएपछि भवन निर्माणको काम रोकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए । जग्गालाई स्वीकृत गर्नका लागि मन्त्रालयमा पठाइएको उनको भनाइ छ ।
ढोरपाटन नगरपालिका–९ का मिनबहादुर विकले अहिलेसम्म ढोरपाटन उपत्यका क्षेत्रमा अस्पताल नबन्दा यहाँका नागरिकले पर्यटकले समस्या खेप्नुपरेको बताए । ढोरपाटन निकै चिसो क्षेत्र रहेको भन्दै बाहिरबाट आउने पर्यटक बिरामी पर्दा नजिकमा उपचार गर्न नपाएको उनको भनाइ छ । पोहोर सालदेखि अस्पताल निर्माण हुन थाले पनि अहिलेसम्म सम्पन्न हुन नसकेको उनले बताए ।
'नगर अस्पताल भनेर बनाउन लागेको धेरै भयो, अहिले बल्ल एक तला भएको छ, कहिले सम्पन्न हुने हो ?, कहिले यहाँ डाक्टर आएर जनताको उपचार गर्ने हुन् ?, मान्छेहरु बिरामी परे भने घण्टौँ लगाएर बुर्तिबाङ जानुपर्छ, घुम्न आएका पर्यटक पनि बिरामी हुन्छन्, नजिकमा उपचार गर्ने ठाउँ नहुँदा छिट्टै फर्किने गरेका छन्, दुई/चार दिन बस्ने पर्यटक एकै दिनमा फर्किंदा यहाँको व्यापार व्यवसाय राम्रोसँग हुन पाउँदैन, सरकारले छिटो अस्पताल बनाएर डाक्टर पठाइदिए धेरै सजिलो हुने थियो, बुर्तिबाङ पुग्नुपर्ने थिएन,' उनले भने । रासस
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...