२५ असार २०८३, बिहीबार

घोराही सिमेन्टले पारित गर्‍यो १५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव

माघ १, २०८०
काठमाडौं
घोराही सिमेन्टले पारित गर्‍यो १५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।​​​

शनिवार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले आर्थिक वर्ष (आव) २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभामा घोराही सिमेन्टले प्रतिकूलताका बाबजुद आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ को  मङ्सिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिए ।

आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

null

हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस शेयर वितरण गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ ।

त्यस्तै कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्दलाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको सञ्चालक पदमा अञ्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन् ।

योसँगै कम्पनीको संस्थापक समूहमा ५ जना सञ्चालक भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्