२७ असार २०८३, शनिबार

भुवन र प्रदीपको सम्बन्ध सुध्रियो !

माघ ३, २०८०
काठमाडौं
भुवन र प्रदीपको सम्बन्ध सुध्रियो !
तस्वीर : सुरेन्द्र थापा

अभिनेता एवं चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र अभिनेता प्रदीप खड्काबीचको सम्बन्ध सुध्रिएको आँकलन गरिएको छ । 

अघिल्लो वर्ष चलचित्र ‘प्रेमगीत ३’ प्रदर्शनको समयमा प्रदीपले भुवनप्रति लक्षित गरेर दिएका अभिव्यक्तिले उनीहरूबीच सम्बन्ध चिसिएको थियो । त्यसबेला प्रदीपले भुवनको योग्यतामाथि प्रश्न उठाउँदै विकास बोर्ड अध्यक्षको पदबाट राजीनामा दिन समेत माग गरेका थिए । भुवनले पनि विभिन्न प्रदीपलाई ‘फ्लप हिरो’ भनेका थिए । 

मंगलवार मात्रै नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पत्रकार सम्मेलनमा भुवन र प्रदीपले स्टेज सेयर गरेका छन् । कार्यक्रममा यी दुईले हात मिलाउनुका साथै अङ्कमाल समेत गरेका थिए । एउटै सोफामा संगैसंगै बसेका उनीहरूले एकआपसमा कुराकानी समेत गरे । त्यो दृश्य देख्दा भुवन केसी र प्रदीप खड्काको चिसिएको सम्बन्धमा सुधार आएको अनुमान धेरैले गरेका हुन् । 

अभिनेता भुवनले कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा  प्रदीपलाई ‘सुपरस्टार’ समेत भन्न भ्याएका थिए । त्यतिबेला प्रदीप मुसुक्क मुस्कुराएका थिए । प्रदीपले हिन्दी चलचित्र ‘ऐरी’मा काम गर्ने तय भएपछि आफ्नो सम्बन्ध बिग्रिएका चलचित्रकर्मीसँग सम्बन्ध सुधारमा लागेको देखिन्छ । उक्त फिल्म घोषणा गरेर मुम्बईबाट फर्किएपछि उनी मिडियासँग पनि पहिलेभन्दा खुल्न थालेका छन् । 

प्रदीप पछिल्लो समय चलचित्र ‘पूजार सार्की’को वर्कसपमा छन् । यतिबेला उनलाई एकपछि अर्को चलचित्रबाट अफर पुगिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्