२९ जेठ २०८३, शुक्रबार

नेपालमै पहिलोपटक मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताः २२३ खेलाडीको सहभागिता [भिडियोसहित]

माघ ३, २०८०
काठमाडौं
नेपालमै पहिलोपटक मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताः २२३ खेलाडीको सहभागिता [भिडियोसहित]

नेपालमै पहिलोपटक मुख्यमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ । प्रतियोगिता राजधानी काठमाडौंमा बुधवार शुरू भएको हो ।

null 

फिट्नेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा शुरू भएको यस प्रतियोगिताको ‘एरोप्लेन शटलकक्स फिटनेस पार्क फस्र्ट चिफ मिनिस्टर ओपन नेसनल ब्याडमिन्टन च्याम्पियनसिप– २०२४’ नाम दिइएको छ ।

null

बसुन्धारास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको कभर्ड हलमा बुधवार उद्घाटन भएको प्रतियोगिता साेही स्थानमा माघ ६ गतेसम्म चल्नेछ ।

null

आयोजक फिटनेस पार्कका सञ्चालक अर्जुन खनालको सभापतित्वमा भएको कार्यक्रमको बागमती प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह तामाङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)की सदस्य चन्द्रबदना राई, पूर्वब्याडमिन्टन च्याम्पियन एवं ब्याडमिन्टन संघका पूर्वउपाध्यक्ष प्रताप अधिकारी, पूर्वराखेप सदस्य सुभाष श्रेष्ठ, समाजसेवी एवं ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ लगायतको उपस्थिति थियो ।

null

प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला,  यू–१३ छात्र खुला, यू–१३ छात्रा खुला, यू–१९ छात्र खुला, यू–१९ छात्रा खुला, मास्टर ४५ प्लस, मास्टर ५५ प्लस प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएका छन् ।

null

प्रतियोगितामा देशैभरीबाट करिब २२३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाए ।

बुधवार भएको पुरुष एकलतर्फको खेलमा एपीएफ क्लबका अनिल मल्ल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल पुलिस क्लबका पूर्णबहादुर थापालाई २१–१५, २१–१५ को सोझो सेटमा पराजित गर्दै मल्लले अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएका हुन् ।

null

यू–१३ तर्फ तनहुँका सफल भुजेल र स्पोर्ट्स हबका सदीप राईले पनि अन्तिम ८ को यात्रा तय गरेका छन् । भुजेलले देवीनगरका प्रज्वल श्रेष्ठलाई २१–१२, २१–१३ र राईले केबीसीका सामन्त बज्राचार्यलाई २१–९, २१–७ ले पराजित गर्दै अन्तिम ८ को स्थान पक्का गरेका हुन् ।

null

यस्तै यसै समूहबाट अन्तिम ८ मा प्रवेश गर्ने क्रममा कैलालीका रियांश चौधरीले दोलखाका आरभ श्रेष्ठलाई २१–१३, २१–१०, धन्यन्तरी क्लबका सत्यम कार्कीले ग्यालेक्सी पब्लिकका शुभम चौहानलाई २१–१४, २१–१२, धन्यन्तरीकै सुहम कार्कीले सर्लाहीका प्रनिश कार्कीलाई २१–१४, २१–१२ ले पराजित गरे ।

null

यसैगरी एपीएफका आरुष सिम्खडाले दोलखाका अग्रिम श्रेष्ठलाई २१–८, २१–१२, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलवस्तुका शिवम कसुधनलाई २४–२२, १३–२१, २१–१७ र कैलालीका आदित्य चौधरीले एपीएफका आनन्द पोखरेललाई २१–३, २१–८ ले हराए । 

हेरौं भिडियोः

​ 

salt training

कमेन्ट गर्नुहोस्