×

NMB BANK
NIC ASIA

नेपालमै पहिलोपटक मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताः २२३ खेलाडीको सहभागिता [भिडियोसहित]

काठमाडाैं | माघ ३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमै पहिलोपटक मुख्यमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ । प्रतियोगिता राजधानी काठमाडौंमा बुधवार शुरू भएको हो ।

Muktinath Bank

null 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिट्नेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा शुरू भएको यस प्रतियोगिताको ‘एरोप्लेन शटलकक्स फिटनेस पार्क फस्र्ट चिफ मिनिस्टर ओपन नेसनल ब्याडमिन्टन च्याम्पियनसिप– २०२४’ नाम दिइएको छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

बसुन्धारास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको कभर्ड हलमा बुधवार उद्घाटन भएको प्रतियोगिता साेही स्थानमा माघ ६ गतेसम्म चल्नेछ ।

null

आयोजक फिटनेस पार्कका सञ्चालक अर्जुन खनालको सभापतित्वमा भएको कार्यक्रमको बागमती प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह तामाङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)की सदस्य चन्द्रबदना राई, पूर्वब्याडमिन्टन च्याम्पियन एवं ब्याडमिन्टन संघका पूर्वउपाध्यक्ष प्रताप अधिकारी, पूर्वराखेप सदस्य सुभाष श्रेष्ठ, समाजसेवी एवं ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ लगायतको उपस्थिति थियो ।

null

प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला,  यू–१३ छात्र खुला, यू–१३ छात्रा खुला, यू–१९ छात्र खुला, यू–१९ छात्रा खुला, मास्टर ४५ प्लस, मास्टर ५५ प्लस प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएका छन् ।

null

प्रतियोगितामा देशैभरीबाट करिब २२३ खेलाडीको सहभागिता रहेको आयोजकले जनाए ।

बुधवार भएको पुरुष एकलतर्फको खेलमा एपीएफ क्लबका अनिल मल्ल क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल पुलिस क्लबका पूर्णबहादुर थापालाई २१–१५, २१–१५ को सोझो सेटमा पराजित गर्दै मल्लले अन्तिम ८ मा स्थान पक्का गर्न सफल भएका हुन् ।

null

यू–१३ तर्फ तनहुँका सफल भुजेल र स्पोर्ट्स हबका सदीप राईले पनि अन्तिम ८ को यात्रा तय गरेका छन् । भुजेलले देवीनगरका प्रज्वल श्रेष्ठलाई २१–१२, २१–१३ र राईले केबीसीका सामन्त बज्राचार्यलाई २१–९, २१–७ ले पराजित गर्दै अन्तिम ८ को स्थान पक्का गरेका हुन् ।

null

यस्तै यसै समूहबाट अन्तिम ८ मा प्रवेश गर्ने क्रममा कैलालीका रियांश चौधरीले दोलखाका आरभ श्रेष्ठलाई २१–१३, २१–१०, धन्यन्तरी क्लबका सत्यम कार्कीले ग्यालेक्सी पब्लिकका शुभम चौहानलाई २१–१४, २१–१२, धन्यन्तरीकै सुहम कार्कीले सर्लाहीका प्रनिश कार्कीलाई २१–१४, २१–१२ ले पराजित गरे ।

null

यसैगरी एपीएफका आरुष सिम्खडाले दोलखाका अग्रिम श्रेष्ठलाई २१–८, २१–१२, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीले कपिलवस्तुका शिवम कसुधनलाई २४–२२, १३–२१, २१–१७ र कैलालीका आदित्य चौधरीले एपीएफका आनन्द पोखरेललाई २१–३, २१–८ ले हराए । 

हेरौं भिडियोः

​ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x