२३ असार २०८३, मंगलबार

‘छैठौं नेपाल एग्रीटेक’ १२ माघदेखि भृकुटीमण्डपमा हुने

माघ ९, २०८०
काठमाडौं
‘छैठौं नेपाल एग्रीटेक’ १२ माघदेखि भृकुटीमण्डपमा हुने

कृषिसम्बन्धी वृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैठौं नेपाल एग्रीटेक’ यही माघ १२, १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

समग्र कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले मिडिया स्पेस सोलुसन प्रालि, फिचर्स ट्रेड फेयर एण्ड इभेण्ट प्रालि र ईटीएसआईपीइलको संयुक्त आयोजनामा प्रदर्शनी गर्न लागिएको हो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ ।​

प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई–भैँसी पालन, डेरी लगायत कृषिका नवीनतम् औजार, उपकरण, केराखेती, थोपा सिँचाई, विषादीरहित कृषि इत्यादिका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।​

देशभरका उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आम कृषकहरूले प्रदर्शनीमा आधुनिक प्रविधिको बारेमा जानकारी र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास छ ।

साथै यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने छन् । यस्तै, देशभरिबाट आएकाहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने आयोजकको लक्ष्य छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपन्क्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले उद्घाटन गर्ने प्रदर्शनीको प्रबर्द्धकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको भूमिकामा मुक्तिनाथ कृषि कम्पनी तथा सहयोगी संस्थाको भूमिकामा नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेका आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्