०८ साउन २०८३, शुक्रबार

‘पुराणमा के छ ?’ कृति लोकार्पण

माघ १४, २०८०
काठमाडौं
‘पुराणमा के छ ?’ कृति लोकार्पण

दायित्व वाङ्‍मय प्रतिष्ठानले कृष्णबहादुर कुँवरको ‘पुराणमा के छ ?’ नामक कृति लोकार्पण गरेको छ । उक्त कृति आइतवार नेपालका विभिन्न ५ ठाउँमा एकै साथ लोकार्पण गरिएको हो ।

कृति लोकार्पणपश्चात् प्रमुख अतिथि स्वामी जगदीश प्रपन्नाचार्यले पौरस्त्य ग्रन्थहरूको मूल आधार वेद भएको बताए ।

‘भगवान्को श्वाँसबाट निसृत वेद नै विश्व ज्ञान हो र विज्ञानको स्रोत पनि हो । यही सत्य हो र यही सनातन हो । जसको विनाश कहिल्यै हुँदैन । महाप्रलयपछि पनि भगवान्को श्वाँसको रुपमा वेद रहिरहन्छ’, उनले भने, ‘यही वेदमा टेकेर उपनिषद् षट्शास्त्र र पुराणहरू जन्मे । आज कुँवरजीले जुन कृतिको रचना गर्नुभयो यो १८ पुराणको सार हो । यसलाई पढेर पाठकले सबै पुराणहरूको रसपान गर्न पाउनेछन् ।’

null

यस्तै, वाल्मीकि क्याम्पसका प्रमुख प्राडा भागवत ढकाल र के एन्ड के इन्टरनेशनल कलेजकी अध्यापक शारदा भण्डारीले कृतिको महत्वमाथि प्रकाश पार्दै यस प्रकारका कृतिहरू प्रकाशनमा आइरहनुपर्ने बताए ।

यस्ता ग्रन्थहरूले समाजमा मानवीय अनुशासन र नैतिकताको स्थापना हुने उनीहरूको भनाइ थियो ।

दायित्व वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृतिकार कृष्णबहादुर कुँवरले कृति लेख्नुको पृष्ठभूमि र कृतिको प्रयोजन बताएका थिए ।

डा. रामप्रसाद दाहाल, कमलप्रसाद ज्ञवाली र सेलेस्का शर्माले पनि शुभकामना मन्तव्य राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्