
सरकारले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सख्यामा वृद्धि भएको छ ।
मर्यादित श्रम सम्बन्धलाई सुधार गर्दै एसडिजी लक्ष्य हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने कार्यलाई प्राथमिकता दिएसँगै श्रम अडिट गर्ने रोजगारदाताको सख्या बढेको हो ।
श्रम तथा व्यवसाय सुरक्षा विभागका अनुसार श्रम ऐन, नियमावली र छ वर्षअघि कार्यान्वयनमा ल्याएको श्रम अडिट मापदण्डलाई कार्यान्वयनमा प्राथमिकता दिएर काम गर्दै आएको छ ।
विभागले छ वर्षअघि कार्यान्वयनमा ल्याइएको श्रम अडिट मापदण्ड बर्सेनि बढाउँदै लगेर रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनको परिपालना गर्न प्रेरित गर्न र दिगो विकासको लक्ष्य हासिल गर्ने योजना बनाएको थियो । गोरखापत्रमा खबर छ ।