×

NMB BANK
NIC ASIA

कोका–कोला नेपालले मनायो ५०औं वार्षिकोत्सव, डिजिटल क्विज प्रतियोगिता सञ्चालन

काठमाडाैं | माघ १५, २०८०

NTC
Premier Steels

कोका–कोलाले नेपालमा सञ्चालन भएको ५०औं वर्ष मनाएको छ । कम्पनीले एक विशेष कार्यक्रम गरी आफ्नो सञ्चालनको पचासौं वार्षिकोत्सव मनाएको हो । सन् १९७३ मा नेपालमा प्रवेश गरेदेखि नै कोका–कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो ।

Muktinath Bank

पारिवारिक जमघटदेखि राष्ट्रिय स्तरका कार्यक्रमसम्म कोका–कोलाले अविस्मरणीय सम्झनाहरू बनाएको छ । काठमाडौं र चितवन गरी कोका–कोलाको नेपालमा दुई वटा उत्पादन कारखाना रहेका छन् ।​​​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभर १ लाखभन्दा बढी रिटेलर आउटलेटहरू भएको कोका–कोलाले १,००० भन्दा बढी कामदारहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको छ भने ५,००० भन्दा बढी मानिसहरू प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।


Advertisment
Nabil box
Kumari

उक्त अवसरमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका अध्यक्ष एनएन सिंहले लजिस्टिक र संस्थागत संरचना पूर्ण रुपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती रहेको बताए । हालसम्म आइपुग्दा कोका–कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको उनले बताए ।

Vianet communication

‘कोका–कोलाको उद्देश्य भनेको सारा नेपालीलाई ताजापन महसुश गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने हो’, उनले भने ।

आफ्नो ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा कोका–कोलाले ‘कोका–कोला फिफ्टी इयर्स क्विज टाइम’ नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ ।

जहाँ ग्राहकहरूले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्र मार्फत आकर्षक उपहारहरू जित्ने मौका पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खल्ती एप मार्फत क्विजमा सहभागी हुन सकिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x