०८ असार २०८३, सोमबार

त्रिवि उपकुलपतिमा अवकास प्राप्त १३ जना भिड्दै

माघ १७, २०८०
काठमाडौं
त्रिवि उपकुलपतिमा अवकास प्राप्त १३ जना भिड्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिनेमध्ये १३ उम्मेदवार त्रिभुवन विश्वविद्यालयमा अवकास प्राप्त छन्।

उनीहरूमध्ये जोकोही उपकुलपति नियुक्त भएमा उपदान र उपकुलपतिको तलब र सेवासुविधा दुवै लिनेछन्।

उपकुलपतिमा दरखास्त दिएका अवकासप्राप्त उम्मेदवारहरूमा हेमराज पन्त, प्रमोदकुमार झा, केदारनाथ घिमिरे, त्रिरत्न बज्राचार्य, ऋदिषकुमार पोखरेल, ज्ञानेन्द्रप्रसाद पौडेल, तीर्थ खनियाँ रहनुभएको छ।

त्यस्तै, केशरजंग बराल, गुणनिधि न्यौपाने, चन्द्रमणि पौडेल, बालमुकुन्द रेग्मी, गोविन्द सुवेदी र राजकुमार पोखरेल रहेका छन् । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्