२४ जेठ २०८३, आइतबार

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

माघ २०, २०८०
काठमाडौं
त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी नायब महानिरीक्षक ( डीआईजी) अर्जुन चन्दले राजीनामा दिएका छन् ।

उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै शुक्रवार राजीनामा दिएको बताएका छन् ।

'मैले आफ्नो नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ', उनले लोकान्तरसँग भने ।

यता प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी नआएको बताएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए ।

यही माघ १२ गते त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच कुटाकुट भएको थियो ।

घटनाको छानबिन गर्न सरकारले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा समिति गठन गरेको थियो ।

उक्त समितिले गत बुधवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा दुई जना प्रहरी जवानलाई विभागीय कारबाही गर्न सिफारिश गरिएको छ ।​

यसैगरी समितिले एक जना असईलाई निलम्बनका साथै विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई विभागीय कारबाही गर्न सिफारिश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्