०९ साउन २०८३, शनिबार
विशेष अदालतले तोक्यो सजाय

सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङलाई ३ वर्ष कैद, पौने २ अर्ब जरिवाना

माघ २१, २०८०
काठमाडौं
सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङलाई ३ वर्ष कैद, पौने २ अर्ब जरिवाना

सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्व सांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद तथा १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना तोकिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई आइतबार सजाय सुनाएको हो ।

तामाङ यसअघि नै दोषी करार भइसके पनि सजाय निर्धारणका लागि आज पेसी तोकिएको थियो ।

त्यसैगरी तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई पनि १ वर्ष ६ महिना कैद तथा १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै केशवलाल श्रेष्ठलाई १ वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ जरिवाना गरिएको छ ।

इच्छाराज तामाङ, सिर्जना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला समेत भएको छ ।

प्रतिवादीहरू उपर काठमाडौं जिल्ला अदालतमा विचाराधीन ठगी मुद्दामा यी प्रतिवादीहरू उपर कसूर ठहर भएमा पीडितको बिगो भरिभराउ गर्ने कार्यले नै प्राथमिकता पाउने फैसलामा उल्लेख भएको विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्