११ असार २०८३, बिहीबार

प्रत्यक्ष  विदेशी  लगानीमा सुधार

माघ २४, २०८०
काठमाडौं
प्रत्यक्ष  विदेशी  लगानीमा सुधार

मुलुकमा  भित्रिने  प्रत्यक्ष  विदेशी  लगानी  (एफडिआई) मा सुधार आएको छ । लगानीका  लागि  अनुकूल  वातावरणसँगै  नीतिगत  सुधारका  कारण  वैदेशिक  लगानी  बढ्दै  गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

 चालुु आवको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । नेपाल  राष्ट्र  बैङ्कको  तथ्याङ्क  अनुसार  चालुु  आवको  साउनदेखि  पुुससम्म  चार  अर्ब  ५३ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ७४ करोड ९४ लाख रुपियाँ भित्रिएको थियो ।  चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष  वैदेशिक  लगानी  दुई  अर्ब  ६५  करोडले  धनात्मक रहेको छ ।

 अघिल्लो  वर्षको  सोही  अवधिमा  भने  यस्तो  लगानी  एक  अर्ब  ४०  करोड  ऋणात्मक  थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्