२२ असार २०८३, सोमबार

पशुपति शर्माले गाए ‘यही हो साथी लोकतन्त्र’

माघ २४, २०८०
काठमाडौं
पशुपति शर्माले गाए ‘यही हो साथी लोकतन्त्र’

गायक पशुपति शर्माको स्वरमा ‘यही हो साथी लोकतन्त्र’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ ।

बुधवार सार्वजनिक गीतको भिडियोमा शर्मा स्वयंम प्रस्तुत छन् । 

यसमा सूर्य न्यौपानेको शब्द एवं संगीत छ । महेन्द्र भण्डारी गीतका संगीत संयोजक हुन् ।

लोकतन्त्र, गणतन्त्रदेखि अहिलेका नयाँ दलसम्मका कुरा गीतमा गरिएको छ । 

जुन व्यवस्था आए पनि जनताको अवस्था नफेरिएको कुरा गीतमा समावेश छ । 

एयरपोर्टमा देश छाड्नेको लर्को लाग्ने गरेकोदेखि महँगीले जनताको ढाड सेकेकोलगायतका कुरा समेत गीतमा सुन्न सकिन्छ । 

दुर्गा पौडेलको छायांकन एवं निर्देशन रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन छ ।

salt training

कमेन्ट गर्नुहोस्