०३ असार २०८३, बुधबार

आमा बनिसकिन् ‘भुन्टी’, सिरियलको कथा मिलाउन छोरी जन्मिएको कुरा गुपचुप

माघ २६, २०८०
काठमाडौं
आमा बनिसकिन् ‘भुन्टी’, सिरियलको कथा मिलाउन छोरी जन्मिएको कुरा गुपचुप

चर्चित सिरियल ‘भुन्टी’का पछिल्ला एपिसोडमा शीर्ष कलाकार आशा खड्का गर्भवती भूमिकामा देखिँदै आएकी छन् । सिरियलकी यी चर्चित कलाकारले सामाजिक सञ्जालमा पनि गर्भावस्थाको तस्वीर र भिडियो राख्दै आएकी छन् । 

यथार्थमा भने ‘भुन्टी’सहित ‘कान्छी’ सिरियलकी निर्माता एवं निर्देशक समेत रहेकी आशा एक महिनाअगाडि नै आमा बनिसकेकी छन् । उनलाई पुत्रीलाभ भएको छ । 

आशाले तीन वर्षअघि सागर गौतमसँग विवाह गरेकी थिइन् । आशाका श्रीमान पनि ‘कान्छी’ सिरियलमा नियमित देखिँदै आएका छन् । 

आमाबुवा बने पनि यो जोडीले बच्चाको तस्वीर सार्वजनिक गरेका छैनन्, न त आमाबुवा बनेको जानकारी नै दिएका छन् ।

सिरियल ‘भुन्टी’मा गर्भावस्थाको कथा अगाडि बढिरहेकाले यो जोडीले सन्तानलाई जन्म दिएको खबर सार्वजनिक नगरेको निकट स्रोतले बतायो । 

‘आमा बनेको तस्वीर राख्दा दर्शकलाई सिरियलको कथा पुरानो लाग्न सक्छ । दर्शकलाई पुरानो कथा आएको महसुस हुन नदिन भनेर नै आमा बनेको खबर सार्वजनिक नगर्नुभएको हो,’ स्रोतले भन्यो । 

व्यक्तिगत जीवनका खुशीहरूसमेत लामो समयसम्म सार्वजनिक नगर्नुले उनीहरू कलाकारिताप्रति कतिसम्म समर्पित छन् भन्ने देखाउने एक कलाकारले बताए ।

छोरीलाई सिरियलमै ल्याउने तयारी

आशाले छोरीलाई जन्म दिनुअघि दुवै सिरियलको केही स्टक एपिसोड खिचिसकेकी छन् । 

‘भुन्टी’ सिरियल वैशाखसम्मका लागि स्टक खिचिएको छ । स्रोतका अनुसार ‘भुन्टी’को कथा अगाडि बढ्दै जाँदा आशाले छोरीलाई सिरियलमै देखाउने सोच बनाएकी छन् । 

null

‘वैशाखमा खिचिने एपिसोडमा छोरी ल्याउने उहाँहरूको तयारी छ । त्यतिबेला बल्ल आमा बनेको खबर सार्वजनिक गर्ने सोच्नुभएको छ,’ आशानिकट रहेका एक कलाकारले भने । 

अहिलेको समयमा नेपालमा सबैभन्दा धेरै भ्युज पाउने सिरियलमा ‘भुन्टी’ र ‘कान्छी’ पर्छन् । 

सामाजिक कथामा निर्माण हुँदै आएको सिरियलका कारण शहरदेखि ग्रामीण भेगका दर्शकसम्म आशा निकै लोकप्रिय छिन् । 

सिरियलमै काम गर्ने क्रममा आशा र सागर नजिक भएका थिए, जतिबेला सागर सिरियलको छायाँकार थिए ।

केही समयको प्रेमपछि लगनगाँठो कसेका उनीहरूले विवाहको खबर पनि दुई वर्षपछि गत वर्ष मात्रै सार्वजनिक गरेका थिए ।

null

 

salt training

कमेन्ट गर्नुहोस्