१३ असार २०८३, शनिबार

भ्यालेन्टाइनको अवसर पारेर दरबारमार्गमा गुञ्जिँदै एलिना चौहान

माघ २६, २०८०
काठमाडौं
भ्यालेन्टाइनको अवसर पारेर दरबारमार्गमा गुञ्जिँदै एलिना चौहान

गायिका एलिना चौहान काठमाडौंको दरबारमार्गमा गुञ्जिने भएकी छन् ।

 ‘धोकेबाज हौ तिमी’ बोलको गीतबाट चर्चामा छाएकी चौहान भ्यालेन्टाइन डेको अवसर पारेर यही माघ २८ गते (आइतवार) दरबार मार्गको मन्नत प्यालेसमा गुञ्जिने भएकी हुन् । उक्त प्यालेसमा आयोजना हुन लागेको ‘भ्यालेन्टाइन स्पेशल इभेन्ट’ नामक साङ्गीतिक कार्यक्रममा उनले प्रस्तुति दिने भएकी छन् । 

कार्यक्रममा गायिका चौहानले धोकेबाज, कट्टा हान्दिन्छु, कुरा काट्ने मान्छेले काटुन, मिनिरल वाटर, इस्टाको फोटो लगायतका करिब आधा दर्जन गीत प्रस्तुत गर्ने जनाइएको छ ।

उनीसँगै गायक कर्म ग्याल्जेन र लाइभ व्याण्डको पनि प्रस्तुति रहनेछ ।

प्रणय दिवसको पूर्व सन्ध्यामा सदा झै नयाँ उमंग नयाँ ठाउँ प्रणय दिवसमा जाउँ भन्ने उद्देश्यसहित साङ्गीतिक साँझ आयोजना हुन लागेको हो । 

कार्यक्रम साँझ ७ बजेदेखि राती साढे १ बजेसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।  कार्यक्रममा कर्म ग्याल्जेनको पनि प्रस्तुति रहनेछ ।

कमेन्ट गर्नुहोस्