
दुई दशकदेखि बेकरी व्यवसायमा अग्रस्थानमा रहँदै आएको जुलीज केक र पेस्ट्रीले ग्राहकहरूको सुविधाका लागि अनलाइन सेवा शुरू गरेको छ।
विक्रम सम्वत् २०६० असोज ७ गते स्थापना भएको जुलीले आफ्नो दुई दशकको यात्रामा हरेकपटक नवीनतम् प्रविधिलाई अंगाल्दै आएको थियो । अहिले आफ्नै ई-कमर्श प्लेटफर्म सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
२०८० माघ २८ गते एक कार्यक्रमका बीच, आधुनिकतातर्फ कदम चाल्दै जुलीले ई-वाणिज्य संसारमा पाइला राख्दै आफ्नै पूर्ण अनलाइन सेवा अनावरण गरेको छ।
जुलीको अनलाइन सेवामार्फत ग्राहकहरूले आफूलाई मनपर्ने र गुणस्तरीय बेकरी तथा केक आइटमहरू सहजै घरमा मगाउन सक्नेछन्।
'यो रणनीतिक कदमले ग्राहकको सुविधाको लागि आफ्नो प्रतिबद्धतालाई मात्र होइन, तर यसको अनुकूलनलाई पनि प्रतिबिम्बित गर्दछ', कम्पनीले भनेको छ ।
जुलीज केक र पेस्ट्रीका संस्थापक ज्योति नकर्मी र जुली प्रधानाङ्गले नयाँ प्रविधिलाई आत्मसाथ गरेर ग्राहक सेवा विस्तार गर्न पाएकोमा हर्षित भएको बताए।
'हामीले सानो बेकरीको रुपमा शुरू गरेको जुलीज केक्स एण्ड पेष्ट्रीजले आफ्नो यात्राको दौरान गुणस्तरीय उत्पादन र सेवा प्रदान गरिरहेका छौं। अहिलेको आधुनिक समय र हाम्रा ग्राहकहरूको व्यस्ततालाई ध्यानमा राखेर अनलाइनमार्फत पनि अर्डर गर्न सकिने सुविधा शुरू गरेका छौं। यसले हामीलाई ग्राहक प्रति थप जिम्मेवार र प्रतिबद्ध हुन सहयोग गर्नेछ', संस्थापकद्वयले भने।
आफ्नो उत्पादन र सेवाको विशेषताको गुणस्तर कायम राख्न बाहेक, जुलीले अब आफ्नो असाधारण सेवालाई अत्याधुनिक प्रविधिका साथमा ग्राहक सेवालाई अग्रस्थानमा राख्ने भएको छ ।